Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नमूना सदरमुकाम निर्माण स्थलमा ५ सय ५२ ठुला रुख काटन जाँचबुझ समितिको सिफारिस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

सन्जय भट्टराई, कावासोती । नवलपुरको कावासोती ३ मा बन्ने भनिएको नमूना सदरमुकाम निमार्ण स्थलमा ५ सय ५२ वटा ठुला रुख काटनु पर्ने जाँचबुझ समितिले सिफारिस गरेको छ ।

सरकारी रुखहरु हटाउने सम्बन्धि मापदण्ड २०७१ बमोजिम गठित समितिको बुधबार कावासोतीमा बसेको बैठकले कावासोती–३ मा रहेको ज्योतीकुञ्ज सामुदायिक वन भित्र ५ सय ५२ वटा ठुला रुख र ९० वटा विद्युत पोल बराबरका रुखहरु काटने अनुमतिका लागी वन विभागमा सिफारिस गरिएको सरकारी रुखहरु हटाउने सम्बन्धि मापदण्द २०७१ बमोजिम गठित जाँचबुझ समितिका संयोजक एवं डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिए ।

वातावरणीय प्रभााव मुल्याकंनको प्रतिवेदनका आधारमा बुधबार बसेको समितिको बैठकले ज्योतीकुञ्ज सामुदायिक वन क्षेत्रमा पर्ने १८४ बिघाहा जग्गा भित्र पर्ने रुखहरु कटानको लागी बुधबार बसेको बैठकले सिफारीस गरेको प्रमुख अधिकारीले बताए । सरकारी रुखहरु हटाउने सम्बन्धि मापदण्द २०७१ बमोजिम गठन हुने जाँच बुझ समितिमा डिभिजन वन कार्यालयका प्रमुख संयोजक रहने गरि जिल्ला प्रशासन कार्यालयको अधिकृत, मालपोत कार्यालयको अधिकृत, नापी कार्यालयको अधिकृत, जिल्ला भूसंरक्षण कार्यालयको अधिकृत, जिल्ला समन्वय समितिको अधिकृत सदस्य तथा आयोजना कार्यालयको अधिकृत सदस्य सचिब रहने व्यवस्था छ ।

नमूना सदरमुकाम निमार्ण स्थलका लागि गरिएको वतावरण प्रभाव मुल्यांकन अनुसार आयोजना निमार्ण स्थलमा ६ सय ४२ वटा रुख काटिने छन । आयोजना निर्माण स्थलमा ४ सय ६ वटा सिसौ, ८७ वटा करम, ३४ वटा सिमल लगाएतका रुख काटिने वन मन्त्रालयले स्वीकृत गरेको वातवरणीय मुल्यांकनमा उल्लेख गरिएको छ । आयोजना क्षेत्रमा गिद्धको ५ वटा गुडँहरु ठूला सिमलको रुखमा रहेका र ती गिद्धका गुँडहरु गिद्धका बच्चा उडन सक्ने भए पछि डिभिजन वन कार्याल्यको समन्वयमा गुँडलाई स्थानान्तरण गरेर मात्र हटाईने प्रतिवेदनमा उल्लेख छ भने आयोजना सन्चालन गर्ने क्रममा काटिने ६ सय ४२ वटा रुखको सट्टामा १० प्रतिशतका हिसाबले ६ हजार ४ सय २० वटा रुख पाएक पर्ने स्थानमा रोपेर पाँच वर्ष सम्म आयोजना प्रस्तावकले हुर्काउने र रेखदेख गर्नु पर्ने वातावरणीय प्रभाव मुल्यांकनमा उल्लेख छ ।

आयोजनाको जिम्मा पाएको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख तथा सरकारी रुखहरु हटाउने सम्बन्धि मापदण्द २०७१ बमोजिम गठित समितिका सदस्य सचिव झपट बहादुर थापाले वन मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मुल्यांकन अनुसार नै रुख कटानका लागी वन विभागबाट स्वीकृत मागका लागी जाँचबुझ समितिले सिफारिस गरेकाले छिट्टैनै कटानका लागी स्वीकृत आउने बताए । “वन मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनका आधारमा रुख काटने सिफरिस गरेका छौँ, चाडैनै रुख काटने अनुमति आउनेमा विश्वस्त छौं”, थापाले बताए ।

थापाका अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बन्ने छन् । त्यसका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थमन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपैयाँबाट भवन निर्माणको काम अघि बढाउने आयोजनाले जनाएको छ । नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ । अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved