Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

कावासोती । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बस आज बिहान करिब ७ः ३० बजेतिर दुर्घटना भएको हो।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको बताए।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार गम्भीर घाइते ७ जनालाई सिन्धु सदाबहार अस्पताल लगिँदै छ भने अन्य घाइते सामान्य उपचार गराएर फर्किएका छन्। घाइते हुनेहरूको नाम खुल्न सकेको छैन।

उनले बाटो निकै साँघुरो र ५० देखि ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • १३ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • १३ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • १३ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • १३ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved