Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१२ बर्षमै खुट्टा गुमाएकी सीता सुवेदीले जीवन जिउने कला सिकाउँदै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

गाेपी कृष्ण चापागाईं
बेलबारी । एउटै खुट्टाको सहरामा शास्त्रीय नृत्य गर्दै विश्वसामु नेपाली कला र संस्कृतिलाई चिनाउदै हिडेकी सीता सुवेदीको प्रस्तुतीसँगै जीवन जिउने कला कार्यक्रम हुने भएको छ । शुक्रबार मोरङको बेलबारी १ स्थित जनसांस्कृतिक भवनमा माया घर नेपालको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । कार्यक्रममा नृत्यांगना सीताको मोटिभेसनल स्पिचसँगै बिLशेष प्रस्तुती रहने बताइएको छ ।

माया घर नेपालको एक ईट्टा अभियान कार्यक्रम अन्तर्गत आयोजीत शास्त्रीय नृत्यांगना तथा एमएस नेपाल इन्टरनेशनल २०२३ बिजेता सीताको ब्यक्तिगत जीवनको भोगाईबाट पनि धेरैले जीवन जीउने कला सिक्न सक्ने आयोजकले बिश्वास लिएको छ । माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलले जसको केहि छैन र कोहि छैन त्यस्ता ब्यक्तिहरुका लागी माया घर नेपाल रहेको बताउँछिन् । बिगत आठ बर्षदेखी हामीले सडक आश्रित मान्छेहरुलाई आश्रय दिँदै आएका छौं । अहिलेको यो कार्यक्रमले मानिसमा जीवन जिउने कला सिकाउनेमा विश्वास लिएका छौं । अध्यक्ष प्याकुरेलले भनिन् । मानिसमा बिभिन्न किसिमका तनाव छन्, आफै भित्र दुख छन्, त्यस्ता कुराका बाबजुद पनि जीवनलाई कसरी सहज रुपमा जीउने भन्ने कुरा सिक्न सकिन्छ ।

कलाकार सीताले माया घर नेपालले गर्दै आएका कामहरु हेर्दै आएको र अहिले प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताइन् । साथै उनले कार्यक्रममा सबैलाई उपस्थित भइदिन आग्रह गरिन् । माया घर नेपालकी उपाध्यक्ष राधिका थापाले एक ईट्टा अभियानमा सबैलाई जोडिन आग्रह गरिन् । उनले संस्थाको भवन निर्माणका लागी एक ब्यक्ति एक ईट्टा अभियान सुरु गरिएको बताइन् । यस्तै संस्थाकी सचिव सुमि थापाले एक ब्यक्तिले २० रुपैंया बराबरको एक ईट्टा सहयोग गर्दा मात्रै पनि गास, बास नभएकाहरुले आश्रय पाउने बताउँछिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • १ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • १ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • १ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • २ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved