नबराज अधिकारी, नवलपुर ।
त्रिपुरेश्वर हरिहर मन्दिर गैडाकोट –१७, अमरापुरीमा श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ कलस यात्रा सम्पन्न भएको छ ।


गैडाकोट नगरपालीका प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यता र मन्दिर समीती का अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा पहीलो दीनको कार्यक्रम अगाडी बढाईएको थीयो । बिभिन्न बाजा गाजा भजन कीर्तन सहित कलस यात्रा गरी यज्ञको पहिलो दिन एक कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न बडाका बडा अध्यक्ष एबँम सामाजीक , राजनैतीक ब्यक्तीहरुको उपस्थीती रहेको थियो । यही फागुन २० गते देखी सुरु भएको सप्ताह २६ गते सम्म चल्ने छ ।



प्रखर युवा बाचक श्री भरत सुबेदी ज्युको मुखारबिन्द बाट सँगीतमय श्रीमद् भागवत कथा प्रबचन रहने कुरा समितीका सचिब आनन्द रीजालले बताए ।









