नबराज अधिकारी
नवलपरासी (ब.सू.पु) । साबिक मिथुकरम गा.बि.स का पुर्ब प्रधानपँच उबँम नेपाली काँग्रेसका पुर्ब गा.बि.स सभापती शिब प्रसाद कँडेलको ८६ बर्षको उमेरमा निधन भएको छ ।


समाज रुपान्तरणका लागी हरदम लागी पर्ने कँडेलको आज बिहीबार बिहान देबचुली नगरपालीका –०३, नवलपरासी (ब.सू.पु) मा निधन भएको हो । लामो समय देखी क्यान्सर र फोक्सोका बिरामी रहेका कँडेल आफ्ना पाँच छोरा मध्य माईला छोराको साथमा बस्दै आईरहेका थिए ।



साबिक मिथुकरम गा.बि.स मा नेपाली काँग्रेसको सभापती पदमा छ पटक सम्म निर्बिरोध चयन भई कार्य सँचालन गरेका कँडेलले उक्त क्षेत्रको शैक्षीक , राजनैतीक, र सामाजीक क्षेत्रमा पु्र्याएको योगदान अबिस्मरणीय छ । उनका २ श्रीमतीबाट ५ छोरा १० छोरी रहेका छन । सम्पुर्ण समाजीक एबँम राजनैतीक ब्यक्तीहरुको उपस्थीतीमा बिहीबार दीउँसो १ बजे दीब्य धाम परीषरको नारायणी किनारमा हिन्दु परम्परा अनुसार दाह सँस्कार गरीएको थीयो ।









