Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ ।

अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ । विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक लाइसेन्स परीक्षा उत्तीर्ण र नवीकरण गर्नेको संख्या ४ देखि ५ हजारसम्म छ । तर कार्ड अभाव भएकाले उनीहरूले कहिले लाइसेन्स पाउने भन्ने टुंगो छैन ।

सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नुपर्ने कार्ड संख्या थपिएको थपियै छ । छाप्न बाँकी लाइसेन्स कार्डको संख्या झन्डै १४ लाख पुगिसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved