Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आवाज हरायो, साहसले बाँच्यौँ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे ।

रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”

उनले थपे, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो । एक हात टाउकोमाथि राखिरहेँ । काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो । यस्तैमा म त अचेत भएँछु । अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो । आँखा खोलेँ । मुख पनि माटोले बन्द गरेको जस्तो भयो । जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो । अब त मरिने रैछ भन्ने लागेको थियो ।”

भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उनले बताए । उनको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ । रूपकले भने, “बल गरेर उठेँ । गाउँमा कोलाहल थियो । बुवाआमा भएको कोठामा गएँ । केही भइहाल्यो कि भन्ने ठुलो डर थियो । घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ । घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ । मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो । आमाले बचाऊ , बचाऊ , भन्दै गुहार मागिरहनुभएको थियो ।”

बेल्चा लगाएजसरी हातैले माटो, ढुङ्गा र काठ पन्छाएर आमाको कपाल फेला पारेको उनले सुनाए । औँलाले कोदालाले खनेजसरी आमाको वरिपरिको माटो हटाएको र आमालाई निकालेपछि बुवालाई खोजेको उनले स्मरण गरे तर आमालाई निकाल्दै औँलाबाट रगत चुहिन थालेको थियो ।

यस्तैमा भाइ पनि चिच्याउँदै आइपुग्यो तर सुरु सुरुमा बचाऊँ, बचाऊँ, भनेर कराउने बुवाको आवाज बिस्तारै दबिँदै गएको थियो । बुवाको सासै रोकियो कि भन्ने डरले उनलाई सतायो ।

“बुवाको वरिपरिको माटो, काठ र ढुङ्गा हटाउँदै गएँ,” उनले भने, ‘छिमेकका पाँच जना साथीलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्न सकियो । बेहोस अवस्थामा रहेका बुवाको नाक र मुखभरि माटो कोचिएको थियो ।

खोक्दा नाक र मुखको माटो एक्कासि निस्कियो अनि बुवा ज्युँदै हुनुहुन्छ भन्ने भयो ।” हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ आइपुग्यौँ । त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारका लागि ल्याइएका एम्बुलेन्स आइसकेका थिए । गाउँमा धेरै जना उपचारका लागि यही आयौँ । रूपकले भने, “अहिले मेरो बुवा डण्डवीरको अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो । म र आमा कल्पना अस्पतालमै छौँ ।” यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ५ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ५ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ५ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved