Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पशु चिकित्सक भन्छन्– दूषित मासु खाँदा प्राणघातक रोग लाग्न सक्छ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्ने भन्दै चेकजाँच गरिaएका चौपायाको मासु खान आग्रह गरेकोछ ।

चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा प्राणघातक रोग सर्न सक्ने सम्भावना रहेको जनाउँदै हाइजेनिक मासु खुवाउन उपत्यका भित्रने पशु चौपायाको स्वास्थ्य परीक्षण गरेको हो । केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक खितबहादुर श्रेष्ठले उपत्यकावासीलाई ताजा मासु खुवाउने रणनीतिसहित पशु चौपायाको स्वास्थ्य परीक्षण गरिएको बताए ।

उनले भने– ‘हामीले मासु खाँदा लाग्न सक्ने प्राणघातक रोगबाट नागरिकलाई जोगाउन अनिवार्य स्वास्थ्य परीक्षण शुरु गरेका हौं ।’ उहाँले परीक्षण नगरेको चौपायको मासु खाँदा डरलाग्दो रोगको संक्रमण बढ्न सक्ने भएपछि राजधानीका बिक्री स्थलमा खसी, बोका, बाख्रा, च्याङ्ग्राको चेकजाँच शुरु गरेको जानकारी दिनुभयो । पशुसेवा विभागले उपत्यकाका ११ स्थानमा पशु चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

उनका अनुसार बिक्री केन्द्रबाट करिब २५ हजारको संख्यामा पशुचौपायाको स्वास्थ्य परीक्षण गरिसकेको छ । विभागको नेतृत्वमा खटिएका दुई चिकित्सकसहित ५ जना प्राविधिक टोलीले कलंकीबाट मात्र दैकिक २ हजारको संख्यामा चौपायाको स्वास्थ्य परीक्षण गरेको छ । विभागले घटस्थापनादेखि पशुचौपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

टोलीले शुरुमा चौपायाको ज्वरो परीक्षण गर्ने, त्यसपछि आँखा पाकेको, झाडा पखाला, रेबिज वा अन्य कुनै पनि प्राणघातक रोग लागे वा नलागेको परीक्षण गर्ने र त्यसपछि रोगी देखिएका चौपायाको सिङमा रातो र निरोगीको सिङमा हरियो रङ लगाउने गरेको छ ।

पशु चिकित्सक श्रेष्ठले हालसम्म परीक्षण गरिएका मध्ये कुनै पनि चौपायामा गम्भीर रोग नलागेको जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा २ हजार खसीबोका र १ हजारको संख्यामा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । पशु स्वास्थ्य बिभागले अष्टमीको दिन अर्थात् कात्तिक ५ गते बिहान ७ देखि ११ र दिउँसो ३ देखि साढे ५ बजेसम्म स्वास्थ्य परीक्षण गर्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • १ दिन अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • १ दिन अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • १ दिन अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • २ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved