Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बिई प्रवेश परीक्षा अन्योलमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

ललितपुर । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ। इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई-बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो ।

संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ । संस्थानका जिम्मेवार पदाधिकारी कोही पनि सञ्चार सम्पर्कमा आउन चाहेका छैनन्। सबै पदाधिकारी भागाभागको स्थिति छ। संस्थानमा चार जना सहायक डिन छन्।

तीमध्येका एक जना सहायक डिनले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “सोमबार राति डिन सरले ज्यान जोगाउन बाध्य भएर हस्ताक्षर गर्नुभएको हो । हामी कसैलाई पनि सहमति स्वीकार्य छैन । त्यसैले असोज २२ गते प्रवेश परीक्षा सञ्चालन हुँदैन ।”

दुईबुँदे सहमतिपत्रमा संस्थानका तर्फबाट डिन प्राडा शशीधर जोशी र सहायक डिन प्राडा सुशील वज्राचार्यले हस्ताक्षर गर्नुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियुलगायत विद्यार्थीका ११ जना नेताले हस्ताक्षर गरेका छन् ।

पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन चाहनेले असोज १८ गतेसम्मका लागि आवेदनको म्याद थप्ने तथा असोज २२ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । खाली कागजमा सहमति गरिएको थियो । सहमतिपछि डिनको कार्यालयको लेटरप्याडमा प्रवेश परीक्षासम्बन्धी सूचना टाँस गरिएको थियो ।

अर्का एक सहायक डिनले आफूहरूलाई विद्यार्थी सङ्गठनहरूले निकै आतङ्कित पारेको गुनासो गर्दै आफूहरू जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभयो। इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन शुल्क सात लाख ७५ हजार रुपियाँ पु-याउने निर्णय गरेको थियो ।

हाल तीन लाख १८ हजार रुपियाँ शुल्क रहेको छ । संस्थानले वार्षिक झन्डै १५ करोड रुपियाँ घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्धमा विद्यार्थी सङ्गठनहरू उत्रिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ६ घण्टा अगाडि
Hawa-Huri-1-1024x683

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन...

  • ६ घण्टा अगाडि
688964637_1458030362142640_3727397104308169433_n

भदौरीमा मृत्यु दाबी भुक्तानी तथा बिमा सचेतना...

  • ६ घण्टा अगाडि
706256823_1871210357169927_5179291615251167059_n

देवचुलीमा सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर सम्पन्न

  • ७ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved