Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

काठमाडौं । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको  छ  ।  मोतिहारी–अमलेखगन्‍ज  पेट्रोलियम  पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको  काम  अगाडि  बढाइएको  नेपाल  आयल  निगम अमलेखगन्‍ज कार्यालयले जनाएको छ ।  यस  परियोजनाको  पहिलो  चरणको  काम  सम्पन्‍न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट  अमलेखगन्‍जसम्म  पाइपलाइनमार्फत  डिजेल आयात भइरहेको छ ।

 

 

स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो  चरणको  निर्माणको  काम  इन्‍िडयन  आयल  कर्पाेरेसन (आइओसी) ले गरिरहेको छ ।

 

 

निगमको  अमलेखगन्‍ज  डिपो  कार्यालयका  प्रमुख  विनीतमणि  उपाध्यायले  दोस्रो  चरणको  काम  तीव्र  गतिमा  अगाडि  बढिरहेको  जानकारी  दिए । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधारनिर्माणको   काम   अगाडि   बढिरहेको   उनले   जानकारी दिए ।

 

 

दोस्रो  चरणको  काम  अन्‍तर्गत  अहिले  पेट्रोल  भण्डारण  ट्याङ्क,  ट्रान्‍समिक्स  ट्याङ्क,  पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको  निर्माण  भइरहेको उनले  जानकारी  दिए । पूर्वाधार निर्माण सम्पन्‍न भएपछि पेट्रोल र  मटितेल  पाइपलाइनबाट  आयात  गरिने  उनले  जानकारी दिए । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको जनाएको छ ।

 

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क  तथा  डिपो  सुरक्षाका  लागि  तीन  हजार  किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५०  किलोलिटर  क्षमताका  दुई  वटा  ट्रान्‍समिक्स  ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट  व्रmमशः  डिजेल,  मटितेल  र  पेट्रोल  एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्‍समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • २ घण्टा अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • २ घण्टा अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • २ घण्टा अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • २ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved