Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

इन्स्टाग्रामको विज्ञापनको भर पर्दा….

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए। आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए। यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे।

उनले उक्त विज्ञापन भएको आईडीमा कुराकानी सुरु गरे। उक्त विज्ञापनमा भनिएको थियो, ‘सजिलै क्यानडाको भिसा लाग्ने र महिनाको ५ लाख ४५ हजार तलब पाइने।’ आकर्षक तलबको प्रलोभनमा परेका उनले ३४ लाख ५७ हजार गुमाएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार नक्कली विज्ञापनको भर पर्दा उनी ठगिएका हुन्। प्रहरीका अनुसार अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरूले ठूलो रकम गुमाउन पुगेका हुन्।

ठगी कार्यमा सलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महाविरप्रसाद शाह छन्। प्रवक्ता रेग्मीका अनुसार विज्ञापन पछ्याउँदै सम्पर्कमा पुगेका युवकलाई उक्त इन्स्टाग्राम अकाउन्टको आईडीबाट क्यानडामा क्यासियरको काम लगाइदिने र भिसा आएपछि मात्रै पैसा दिनुपर्ने भन्दै सुरुमा प्रलोभनमा पारिएको थियो।

ह्वाट्सअप अकाउन्टबाट कागजात मगाई भिसा प्रोसेसिङका लागि पटकपटक उनीहरूले ३४ लाख ५७ हजार रुपैयाँ ठगी गरेका थिए। नेपालमा रहेका विभिन्न व्यक्तिको नाममा उनीहरूले पैसा डिपोजिट गर्न लगाउने गर्थे।

पक्राउ परेका लक्ष्मण नेपालीको अकाउन्टमा मात्रै पीडितले २८ लाख बढी पैसा डिपोजिट गरेका छन्। प्रहरीका अनुसार कहिले भिसा प्रक्रिया अगाडि बढाउन त कहिले कागजात पेस गर्न तथा कहिले सर्टिफिकेट प्रमाणित गर्न भन्दै पैसा माग्ने गरेका थिए।

आकर्षक तलबको लोभमा परेका पीडित युवकले ३४ लाख बढी पठाउँदासमेत आफू ठगिएको पत्ता पाएनन्। जब ठगी गर्नेहरू सम्पर्कविहीन भए उनले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए। पैसा पठाएको व्यक्ति खोज्ने क्रममा नेपालमा बसेर लक्ष्मण र महाविरले पैसा उठाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ। प्रहरीसँगको बयानका क्रममा महाविरले आफूले पाकिस्तानी नागरिकको अनुरोधमा काम गरेको बताएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • १ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • १ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • १ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • २ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved