Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सिनेमा टुरीजमका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

भदौ, काठमाडौँ । नेपाली सेलिब्रेटीहरुले हिमालमा फुटबलको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । बाईकस नेपाल र एन्ट फाउण्डेशनले सेलेब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । सिनेमा टुरीजम, हिमाली छायाँकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाईमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षण तथा कन्जरभेशनका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एन्ट फाउण्डेशनले सो कार्यक्रमको वारेमा जानकारी दिएको हो ।

स्थानिय जनताले हाल सम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु बिच सह अस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ यही भाद्र २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटी टिमले अरु खेलाडीहरुसँग मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।

“कलाकार देशका गहना हुन्, यसो मतलब राष्ट्र र राष्ट्रियताका लागि हामी पनि आफ्नो भुमिकाबाट चुक्नु हुदैन । हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा हामीली जनावरहरुको संरक्षण हुन्छ र वातावरण पर्यावरण वारे सूचना प्रवाह हुन्छ भने नि नगर्ने ? यसले राष्ट्रियतासँग प्रभाव पार्छनी । यसले त सिनेमा टुरीजम पनि बढ्छ ।” अभिनेता तथा एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले भने ।

 

तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैशीपूर्ण खेल हुनेछ । सेलेब्रटीहरु राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु रहनेछ । जुन समूहलाई हिमालयन स्नो लेपर्ड नाम दिइएको छ । यस्तै स्थानिय खेलाडीहरुको ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ । उक्त समूहहरुमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुनेछ ।

हिमालयन स्नो लेपर्ड समूह अर्थात सेलेब्रेटीहरुमा अभिनेता प्रसान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, प्रशिक्षक हरि खड्का, खेलाडी अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल वल्ड सूचा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेललगायत रहनेछन् ।

सांस्कृतिक कार्यक्रमको प्रदर्शन, हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरुको भ्रमण, चलचित्र छायाँकंन गर्न उपयुक्त ठाउँहरुको अवलोकन, हिउँ चितुवा वासस्थानको भ्रमण विदेशी विज्ञ डा। जेफ मन्टी फेरिङ संग यात्रा र अन्तरक्रिया कार्यक्रमका थप आकर्षणहर हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • २ दिन अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • २ दिन अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • २ दिन अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved