Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सुन काण्डमा राजनीतिक संरक्षणको आशंका, एमाले र माओवादीको जुहारी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा बिक्री वितरण गरेको र त्यसमा राजनीतिक संरक्षण रहेको पाउनथालिएको हो ।

राजनीतिक संरक्षण प्राप्त भएको पुष्टि हुनथालेपछि सांसदहरू संसद् बन्द गर्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । माओवादी केन्द्रका नेताले एमालेमाथि आरोप लगाउने र एमाले नेताले सत्ताधारी दलहरूमाथि आरोप लगाउनेक्रम बढेको छ ।

एमालेले सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको संलग्नता रहेको बताइरहँदा माओवादीहरू भने झापाको गिरिबन्धु टि स्टेटको जग्गा काण्डका मतियारको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

एमालेले उच्चस्तरीय राजनीतिक छानबिन समिति बनाउनुपर्ने माग गरिरहँदा माओवादी नेताहरू अहिले आवश्यक नभएको भन्दै आफ्ना नेता बचाउन खोजिरहेका छन् । यता, एमाले नेताहरूले भने समिति बनाएर आफ्ना नेताको संरक्षण गर्न संसद् नै बन्द गरेर समितिको माग गरिरहेको आशंका सार्वजनिक वृत्तमा गर्न थालिएको छ ।

राजस्व अनुसन्धान विभागले भने सुन प्रकरणमा पक्राउ परेका १८ जनालाई सोधपुछ गर्दै नयाँनयाँ फन्दा पत्ता लगाइरहेको छ । अनुसन्धान टोलीले हालसम्म राजनीतिक व्यक्तिहरूको संलग्नता पत्ता नलागेको र संरक्षण भए नभएको विषयमा खोजीनीति जारी नै रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved