Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

काम सुरु गरेको ४३ महिनापछि नारायणगढ-बुटवल सडकमा ११ सय मिटर कालोपत्रे

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

नवलपुर,माघ

बुटवल–नारायणगढ फराकिलो पार्ने काम सुरु गरेको ४३ महिनापछि बल्ल ११ सय मिटर कालोपत्रे गरिएको छ । राजमार्गको भेंडाबारी– हर्कपुर खण्डमा ११ सय मिटर सडक कालोपत्रे भएको हो । इन्जिनियर राकेश झाका अनुसार कालोपत्रे गरिएको त्यो खण्डमा ६ सेन्टिमिटर बाक्लो पिच गरिएको छ ।

 

त्यहाँ अझै ४ सेन्टिमिटर कालोपत्रे (बाक्लो) थपिने छ । महेन्द्रराजमार्ग ठेक्का लिएको ४३ महिनापछि राजमार्गमा पहिलो पटक यति लामो पिच देख्न पाइएको हो । त्यहीं खण्डमा दुई साता अघि १ सय २० मिटर कालोपत्रे परीक्षण गरिएको थियो । यसअघि गरिएको परीक्षण कालोपत्रेदेखि पश्चिमतर्फ बुधबार ९ सय ८० मिटर थपेर कुल ११ सय मिटर थप गरिएको हो ।

 

६ लेनको सडक अन्तर्गत पहिलो पटक परीक्षणका लागि एक लेन मात्र पिच (कालोपत्रे) गरिएको हो । यसै ठाउँमा थप अर्को लेन पनि कालोपत्रे गरेर आवगमन खोल्ने कि अन्यत्र गर्ने भन्नेमा प्राविधिकहरुबीच छलफल भइरहेको इन्जिजियर झाले बताए । राजमार्ग निर्माणको काम कछुवा गतिमा भइरहेको भन्दै आलोचना भइरहँदा राजमार्गमा ४३ महिनायता पहिलो पटक एक लेनमा कालोपत्रे भएको हो ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गत साता राजमार्गको स्थलगत निरीक्षण गरेर चाँडो सडक निर्माण सक्न आग्रह गरेका थिए । राजमार्ग ठेक्का लिएको ३ वर्षको अवधिमा सडक निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि यो खण्डमा बुधबारसम्म २३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन २२ गते ३ वर्षे अवधि सकिएपछि एक वर्ष थपिएको छ ।

बुटवल नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर राजमार्ग फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले करिब १७ अर्बमा ठेक्का लिएको हो । राजमार्ग फारकिलो पार्ने भन्दै पुरानो पिच उप्काएपछि राजमार्ग धुलाम्मे छ । राजमार्ग निर्माणका क्रममा धुलो उड्न नदिन पानी हाल्नु पर्ने सम्झौता भएपनि नियमित नहुँदा स्थानीय तथा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved