Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हिंसामा संलग्न भएको आरोपमा ब्राजिलका पूर्वमन्त्री पक्राउ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

ब्राजिल । ब्राजिलका पूर्व न्यायमन्त्री एन्डरसन टोरेसलाई शनिबार पक्राउ गरिएको जापानी राष्ट्रिय टेलिभिजन एनएचके वल्र्डले जनाएको छ । टोरेसलाई अमेरिकाबाट फर्के लगत्तै उनको निवासबाट पक्राउ गरिएको हो । टोरेसले आफुलाई जानकारी हुँदाहुँदै पनि जानीजानी राजधानीमा भएको आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ ।

एनएचकेले आफ्नो रिपोर्टमा भनेको छ, ‘उहाँले दङ्गा सुरु हुनुअघि नै देश छोड्नुभएको थियो ।’ पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी टोरेसलाई गत वर्षको अक्टोबरमा भएको निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पराजित गरेका थिए ।

एनएचके वर्ल्डको रिपोर्टमा स्थानीय प्रहरी स्रोतलाई उद्धृत गर्दै टोरेसको घरमा अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्यौंदा फेला परेको उल्लेख छ । अभियोजकहरूले टोरेसलाई दङ्गामा बोल्सोनारोको संलग्नताको सम्बन्धमा सोधपुछ गर्ने अपेक्षा गरिएको एनएचके वर्ल्डले जनाएको छ ।

यसैबीच टोरेसले आइतबार एक ट्वीट गर्दै भनेका छन्, ‘म सँधै कानुनी आधार र नैतिकताका साथ काम गरेको थिएँ । सत्यको जीत हुने मलाई पूर्ण विश्वास छ ।’ यसअघि ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले बोल्सोनारोले जनवरी ८ मा देशको राजधानीमा भएको हिंसा भड्काउन उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न स्वीकृति दिएका थिए ।

महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा अनुसन्धानका लागि अनुमति दिइएको हो । अनुसन्धानका लागि बोल्सोनारोले राजधानीमा भएको हिंसाको दुई दिनपछि फेसबुकमा अपलोड गरेको भिडियोलाई आधार बनाइएको छ ।

भिडियोमा बोल्सोनारोले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरेका छन् । ब्राजिलका अधिकारीहरूले बोल्सोनारोका ‘अतिवादी’ अनुयायीहरूलाई सर्वोच्च अदालत, संसद परिसर र राष्ट्रपति निवासमा आक्रमण गर्न कसले उक्साए भन्नबारे अनुसन्धान गरिरहेका छन् ।

दङ्गाका क्रममा ब्राजिलका पूर्व राष्ट्रपतिका समर्थकहरूले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा तोडफोड गरेका थिए । गत अक्टोबर ३० मा बोल्सोनारोलाई पराजित गरेका राष्ट्रपति डा सिल्भाले पदभार ग्रहण गरेको करिब एक सातापछि उक्त हिंसात्मक घटना भएको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved