Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘स्वर्गमा भगवान हेर्न’ साढे १ लाख रूपैयाँ शुल्क

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

दक्षिण अफ्रिकाका पास्टरले स्वर्गमा परमेश्वर हेर्नका लागि मानिसहरुबाट मोटो रकम असुल्ने गरेको खुलासा भएको छ ।

 

आफ्नो जीवन अन्त्य नगरी नै आफ्नो सृष्टिकर्ता हेर्न चाहनुहुन्छ भने अफ्रिकाका पास्टर एमएस बुडेलीले तपाईंलाई सहयोग गर्ने दाबी गर्छन्, तर यसका लागि तपाईंले शुल्क भने तिर्नुपर्छ । सोसल मिडियामा भाइरल भइरहेको उनको विज्ञापनको पोस्टर अनुसार एमएस बुडेलीसँग मानिसहरुलाई स्मार्टफोनमा भविष्य देखाउने शक्ति छ, आर्थिक ऋणबाट मुक्त गर्ने पनि सामर्थ्य उनीमा छ । यसका लागि तपाईंले के गर्नु पर्छ भने उनको ‘वर्सिप कन्फरेन्स’ मा भाग लिने र विशेष प्रार्थनाका लागि शुल्क तिर्ने ।

अडिटी सेन्ट्रलका अनुसार आउँदो डिसेम्बर २५ मा पास्टर एमएस बुडेलीले आफ्नो ‘वर्सिप कन्फरेन्स’ को आयोजना गर्दैछन् जहाँ मानिसहरुले उनको प्रार्थना सुन्न पाउनेछन् र साँच्चै नै विशेष प्रार्थनामा भागसमेत लिन पाउनेछन् । यहाँ एउटै समस्या के छ भने, विशेष प्रार्थना सस्तो भने छैनन् ।

उदाहरणका लागि ‘स्वर्गमा भगवान् हेर्न’ मानिसले २०,००० रान्ड (१,१६० डलर) अर्थात् साढे एक लाख रुपैयाँ तिनुपर्नेछ । यसका साथै, सबै ऋणबाट मुक्त हुन उनीहरुले ५,००० रान्ड्स (३८ हजार रुपैयाँ) दिनुपर्नेछ । यसका साथै भोलिपल्टै विवाह गर्नका लागि १०,००० रान्ड्स (५८० डलर) अर्थात् ७६ हजार रुपैयाँ तोकिएको छ । आफ्नो भविष्य स्मार्टफोनमा हेर्न २०,००० रान्ड्स (१,१६० डलर) अर्थात् १ लाख ५३ हजार रुपैयाँ दिनुपर्नेछ ।

 

यहाँ केही चकित पारिदिने खालका दाबीसमेत गरिएको छ । जुवा खेलमा जित्न चाहनेले स्वर्गमा भगवान हेर्न चाहनेभन्दा १५ गुणा बढी रकम तिर्नुपर्नेछ । एमएस बुडेलीले एभिएटर गेम जित्नका लागि ३,००,००० रान्ड्स (१७,४०० डलर) अर्थात् लगभग २३ लाख रुपैयाँ शुल्क तोकेका छन् । यो भगवान हेर्नुभन्दा १५ गुणा बढी मूल्य हो ।

‘यो बकवासमा सहभागी हुन जाने सबैलाई शुभकामना, ’ एमएस बुडेलीको वर्सिप कन्फरेन्सबारे जानकारी दिइएको तस्बिरमा एकजनाले कमेन्ट गरे ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved