Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पत्रकार महासंघ नवलपुरको दोस्रो साधारण सभा सम्पन्न

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर,

नेपाल पत्रकार महासंघ नवलपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका पोख्रेलले कोभिडको बेलामा पत्रकारले खेलेको भूमिका शरहाणीय रहेको बताउँदै गण्डकी प्रदेश सरकारले पत्रकारका लागि निःशुल्क स्वास्थ्य विमाका लागि पहल गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, अहिलेको सरकार आइसकेपछि पत्रकारका क्षेत्रमा गण्डकी प्रदेशले ११ वटा जिल्लामा पत्रकार महासंघको छाता संगठनको सुरुवात गरेको छ । गण्डकी प्रदेश सरकारको कान्छो जिल्ला रहेको नवलपुर जिल्लाको पत्रकार महासंघको भवन शिलान्यास भइसकेको र भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभएको थियो ।

 

दोस्रो साधारण सभाको अवसरमा स्व. कृष्णलाल पराजुलीको स्मृतिमा एकजना पत्रकारलाई पत्रकार पुरस्कार वितरण गरिएको छ । नवलपुरका पत्रकार डा.भूमिराज चापागाईंलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

 

कार्यक्रममा डिभिजन वन कार्यलय नवलपुरका उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, प्रेस युनियनका केन्द्रिय सदस्य केवी राना, प्रेस चौतारी नवलपुरका अध्यक्ष सालिकराम कोईराला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य घनश्याम बगाले, प्रेस चौतरीका केन्द्रीय सदस्य हिमाल देव पंगेनी, क्रान्तीकारी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठ, भूमिराज चापागाईं, प्रेस सेन्टरका केन्द्रीय सचिव दिपक भट्टराई, प्रमुख जिल्ला अधिकारी नवलपुरका सुमन घिमिरे, गण्डकी प्रदेशका निबर्तमान सांसद ओमकला गौतम, पत्रकार महासंघ नवलपुरका निबर्तमान अध्यक्ष होमराज रानाभाट, जिल्ला समनव्य समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले पत्रकारिता क्षेत्रमा मर्यादित र व्यवसायिक ढंगले लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

‘नेपाल पत्रकार महासंघ नवलपुर शाखा दोसो साधारण सभा रासंघ’

नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नविन पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन सचिव विष्णु गौडेलले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका सदस्य लगायत, जिल्ला स्थित विभिन्न संचारमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • १ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • १ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • १ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • २ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved