Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कमिलाले पनि खुवाउँछन् बच्चालाई ‘दूध’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

बच्चा चाहे मानिसका हुन् वा जनावरका, स्वस्थ रहन र बढ्नका लागि दूध निकै आवश्यक मानिन्छ । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् । र बच्चा मात्रै होइन, कमिलाको पूरा कोलोनीले यो ‘दूध’ को आनन्द लिन्छ ।

 

यो कमिलालाई निकै मनपर्ने पेय पदार्थ पनि हो । खासमा यो पोषक तत्वले भरिएको एक प्रकारको ‘दुध’ हो जुन युवा कमिलाबाट निस्कन्छ । नयाँ बच्चादेखि वयस्कसम्म पूरा कोलोनीले यो दूध पिउँछ । अनुसन्धाताले यो दुधलाई ‘सोसल फ्लुड’ नाम दिएको छ । यो प्रक्रियालाई तल भिडियोमा हेर्न सकिन्छ ।

कमिलाको प्युपा आफ्नो विकाशको एक विशेष चरणका बेला अत्यधिक मात्रामा यो तरल पदार्थको श्राव गर्छन् । यो तरल पदार्थको एउटा ककटेल हो जसमा प्युपाको पुरानो झिल्लीको सानो टुक्राका साथै यसलाई तोड्ने एन्जाइम पनि समावेश हुन्छ । कमिलालाई यो निकै स्वादिष्ट लाग्छ ।

रकफेलर युनिभर्सिटीका जीवविज्ञानी डेनियल क्रोनयरका अनुसार ह्याचिङपछि सुरुवाती दिनमा लार्भा यी तरल पदार्थमा ठिक त्यसै गरी निर्भर रहन्छन् जसरी एक नवजात शिशु दूधमा निर्भर हुन्छन् । वयस्क पनि यसलाई धेरै नै पिउँछन् । यद्यपि, यसले वयस्कका लागि कस्तो प्रभाव पार्छ भन्ने थाहा त छैन तर हामीलाई लाग्छ कि यो उनीहरुको मेटाबोलिजम र फिजियोलोजीलाई प्रभावित गर्छन् ।’

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार रकफेलर युनिभर्सिटीकी एथोलोजिस्ट ओरली स्निर र उनका सहयोगीले सामाजिक अलगावले कमिलामाथि कस्ता असर पार्छ भनेर अनुसन्धान गरिरहेका बेला कमिलाको यो पेयबारे थाहा भएको हो । अनुसन्धानकर्ताले कमिलाको कोलोनीबाट प्युपालाई अलग्याइदिए र कमिलाका केही बच्चाका लागि तरल पदार्थलाई हातैले अलग पारिदिए तर अरुलाई एक्लै छोडिदिए ।

उनीहरुको नतिजा अचम्मित पार्ने खालका थिए । अनुसन्धानकर्ताले आफ्नो शोधमा के पाए भने छुट्टै राखिएका प्युपाबाट तरल पदार्थलाई हटाइएन भने उनीहरु आफ्नै श्रावमा डुब्नेछन् । अर्को बाकसमा राखिएका प्युपा सुरक्षित वातावरणमा हुँदा हुँदै पनि त्यसमा फंगल संक्रमण भयो र उनीहरु मरे । तर जुन कमिला ‘दूध’ निस्कने बित्तिकै कोलोनीमा फिर्ता भए, उनीहरु जीवित हुने दर बढी थियो । स्निरका अनुसार कोलोनीको सन्दर्भमा स्रावलाई हटाउनका लागि प्युपा वयस्कमाथि निर्भर हुन्छ नभए यिनीहरु मर्छन् ।

कमिला आफ्नो विकासको सबैभन्दा डोरमेन्ट चरणका बेला ‘दूध’ को उत्पादन गर्ने गर्छ । यो त्यो चरण हो जब यिनीहरु लार्भाबाट वयस्कमा परिवर्तन भइरहेको हुन्छ । अनुसन्धानकर्ताका अनुसार नयाँ बच्चाले पनि यो दूध खाएका थिए भन्नेबारे थाहा पाउन ब्लू फूड डाईको प्रयोग गरिएको थियो । यिनीहरुका वयस्क केयरटेकर ठूलो सावधानीले उनीहरुलाई उठाउँछन् र दूध खानका लागि उनीहरु ठूलो प्युपामा छोडिदिने गर्छन् । यदि नवजात लार्भाले जीवनको सुरुवाती दिनमा यो दूध खान पाउँदैन भने यिनीहरु मर्ने सम्भावना बढी रहन्छ ।

शोधकर्ताको समूहका अनुसार प्युपाको दूधमा एमिनो एसिड, सुगर र भिटामिनका साथै हर्मोन र न्युरोएक्टिभ पदार्थ पनि हुन्छन् । यो प्रयोग क्लोनल रेडर कमिलामाथि गरिएको थियो तर अनुसन्धानकर्ताहरुले के पाए भने कमिलाको पाँच ठूला सब फ्यामिलीमध्ये कम्तिमा एक प्रजातिमा यही प्रक्रिया पाइयो ।

यो अहिले पनि स्पष्ट छैन कि यो प्युपा मिल्कले कमिलाको सामाजिक संरचनालाई कसरी प्रभावित गर्छ तर अनुसन्धानकर्ताले यसबारे पत्ता लगाउने कोसिस गरिरहेका छन् । अनुसन्धानकर्ताका अनुसार जसरी कमिलाले यो तरल पदार्थको प्रयोग गर्छन्, यसले विकासको विभिन्न चरणबीच निर्भरता पैदा गर्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved