Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राजधानी सार्ने चटारोमा लुम्बिनी प्रदेश सरकार

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी तीव्र पारेका छन् । आफ्नो कार्यकाल सकिन लाग्दा जतिसक्दो छिटो राजधानी सार्ने जोडबलमा मुख्यमन्त्री केसी छन् । मुख्यमन्त्री केसीको निरन्तर दबाबपछि प्रदेशको स्थायी राजधानी निर्माणको कामलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा अगाडि बढाएको छ । निर्वाचन सकिए लगत्तै कामलाई तीव्रता दिन मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् ।

 

लुम्बिनी प्रदेशसभाले आफ्नो राजधानीको स्थायी मुकाम र नामकरण बहुमतका साथ २०७७ साल असोज २० गते पारित गरेको थियो । हालै सम्पन्न निर्वाचनको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानी फिर्ता ल्याउन सकिने बताएपछि झस्किएका प्रदेश सरकारका मुख्यमन्त्री केसी जतिसक्दो छिटो स्थायी संरचना बनाएर राजधानी सार्ने चटारोमा छन् ।

जग्गा एकीकरण, जमिन प्राप्त, राप्ती टेक्निकल विश्वविद्यालय लगायतका प्रक्रियागत कार्यले राजधानी सार्न केही ढिलाई हुन पुगेको मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंङ विक बताउँछन् । प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले अहिले स्थायी संरचना निर्माणका काम तीव्र रुपमा अघि बढेको बताए ।

आफ्नो कार्यकालमै राजधानी दाङ सार्ने मुख्यमन्त्री केसीको प्रतिवद्धता भएकोले मुख्यमन्त्री तथा परिषद्को कार्यालय र अन्य मन्त्रालय सञ्चालनका लागि तयारी गरिएको पोख्रेलले उल्लेख गरे ।

मन्त्रालयहरूका संरचनागत काम नयाँ प्रदेशसभा सदस्यहरुले सपथ लिने समयसम्म पूरा गर्ने गरी काम थालिएको पोखरेलको भनाइ छ । मुख्यमन्त्री केसीले निर्माण स्थलमै पुगेर काम छिटो गर्न निर्देशन दिने गरेको पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved