चितवन, मंसिर ८-


चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ४९ हजार २६४ मतले बिजयी भएका हुन् ।




उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै उनले ४९ हजार २६४ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४७ मत प्राप्त गरेका छन् ।








