Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

कावासोती । नवलपुरको बौदीकालीमा मतदाता लाई प्रभावित पार्न कुर्सी बाडिएको भिडियो सार्वजनिक भए पछि तत्काल घटनाको छानबिन गर्न लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीले निर्वाचन आयोगको ध्यानार्कषण गराएको छ ।

गठबन्धनका तर्फबाट लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीका संयोजक एवं नेपाली कांग्रेस बौदीकालीका सभापति केबि राना र नेकपा माओवादी केन्द्र बौदीकालीका अध्यक्ष टोपलाल रुचालले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्दै कार्वाही गर्न माग गरेका छन ।

लोकतान्त्रिक वाम गठबन्धनले निकालेको प्रेस विज्ञप्तिमा “एमाले उमेदवारहरुले बौदीकाली गाउँपालिकाका मतदाताहरुलाई निर्वाचन आचार संहिता विपरित विभिन्न प्रलोभनमा पारि २०७९ कार्तिक २२ गते राती बौदीकाली वडा नं. ४ मा कूर्ची सहित जिन्सी सामाग्रीहरु वितरण गरेको सार्वजनिक भएका भिडियो समाचारहरुप्रति लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीको गम्भिर ध्यानाकर्षण भएको छ ।”, “यसखाले गतिविधिले स्वतन्त्र निर्वाचन सम्भव छैन । तसर्थ निर्वाचन आचार संहिता विपरित कार्य गर्ने उमेदवारहरु प्रति घोर भत्सना गर्दै यो घटनाको तत्काल छानविन गरि कारवाहीको दायरामा ल्याउन लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछ ।” भनिएको छ ।

साथै लोकतान्त्रिक वाम गठबन्धनले निकालेको विज्ञप्तिमा सोही दिन एमालले आयोजना गरेको रात्री भोजमा गएर फर्किएका बौदीकाली ४ बस्ने ६७ वर्षीय धन बहादुर सोतीको आफ्नै घरमा झुण्डिएको अवस्थामा शंकास्पद निधनप्रति ध्यानाकर्षण भएको जनाउदै घटनाको सूक्ष्म अध्ययन गरि दोषी उपर कड़ा कारवाहीको माग गरिएको छ ।

कार्तिक २२ गते राति एमाले कार्यकर्ताहरुले बादीकाली ४ मा मतदाता प्रभावित पार्न कुर्सी वितरण गरिएको समाचार ग्यालेक्सी फोर के टेलिभिजन लगाएतका राष्ट्रिय तथा स्थानिय सन्चार माध्यमले प्रसारण गरे पछि घटना बाहिर आएको हो । यस विषयमा नेकपा एमालेले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

साभार : नवलपुर टाईम्स

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १ दिन अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १ दिन अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ५ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved