Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आज हरिबोधनि एकादशी : नारायणी नदि किनारमा एकादशी मेला भर्ने र स्नान गर्नेहरुको बिहानै देखि घुईचो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

कावासोती : एकादशीको अवसरमा पूर्वी नवलपरासीको नारायणी नदि तटका धार्मिकस्थलहरुमा बिहानै देखि बिशेष मेला एवम् पूजा गर्नेहरुको भीड लागेको छ । जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न दिनै भर भिड लागेको छ ।

अघिल्ला वर्षहरु कोरोना कहरका कारणले मेला रोकिए पनि यस वर्ष भने ३ दिन अगाडी बाटै नारायणी नदि किनारमा मेला लागेका हुन । स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कावासोतीको पिठौलीमा रहेको एकादशी मेला व्यवस्थापन समितिका संयोजक सागर गुरुङले बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानमा लागेका मेलाहरुमा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड, सुन्तला लगाएतका कृषिजन्य उत्पादनको खरीद बिक्री गर्नेहरुको भिड पनि देख्न सकिन्छ ।

वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा उल्लेख गरिएकोको पण्डित रिमप्रसाद आचार्य बताउनु हुन्छ ।

धार्मिक मान्यता अनुसार एकादशीका दिन नारायणी नदिमा स्नान गर्नाले पुण्य मिल्ने जन विस्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा नारायणी नदि किनारमा लागेका मेलामा तुलसी विवाहा, तोरण तार्ने जस्ता धार्मीक अनुष्ठानहरु पनि आयोजना भएका गरिएका छन । हरिबोधनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाहा र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डित रिमप्रसाद आचार्य बताउनु हुन्छ । पण्डित आर्चायका अनुसार वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved