Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘दानकी देवी’को महाप्रस्थान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

‘दानकी देवी’ को उपमा पाएकी पूर्वसांसद् मैयादेवी श्रेष्ठको ९५ बर्षको उमेरमा निधन भएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति १:१० बजे निधन भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । करिब १० वर्ष देखि उनी सहयोगीकै सहाराले हिंड्डुल गर्थिन् । बुढ्यौलीले गर्दा उनको स्मरण शक्ति पनि हराईं सकेको थियो । उनी पार्किन्स रोगबाट समेत पीडित थिईन् । कांग्रेस चितवनले विज्ञप्ती मार्फत उनको निधनले आज एक दिनको लागि कांग्रेसको सबै कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । मैयाँ देवीको पार्थिव शरिर अहिले घरमा लैजाने र बिहान आठ बजे मैयादेवी कलेजमा राखिने छ । दिउँसो १ बजे देवघाटमा उनको अन्तिम संस्कार गरिने बताईंएको छ । कांग्रेसक चितवनका सभापति राजेश्वर खनालले उनको निधनले देशलाई नै ठूलो क्षति भएको बताएका छन् ।

 

को हुन् मैयाँ देवी ?

विसं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवीले २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी थिईन् । २००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय भएकी मैयादेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन् । २०१७ सालमा राजा महेन्द्रले सत्ता पलट गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति गरिन् । लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा क्षेत्र नः २ बाट सांसदमा निर्वाचित भइन् । उनी २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भएकी थिईन् । ०६२/०६३ को जनआन्दोलनपछि पुन:स्थापित संसदमा पनि उनी सांसद् बनिन् । पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो हुन् उनी । त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका वीरबहादुरले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए । छोरीलाई मुम्बईमा राखेर आईए पढाएका श्रेष्ठ दम्पत्तीले सम्पत्ती पनि दुई सन्तानलाई भाग लगाइदिएका थिए । सम्पन्न परिवारमा जन्मिएकी मैयादेवीले भने आफुलाई जिवन भरी नै समाजसेवा र राजनीतिमा लगाइन् ।

 

‘दानकी देवी’

उनले नेपाल तरूण दलको केन्द्रीय कार्यालय, कांग्रेसको चितवन जिल्ला कार्यालयको जग्गा दान गरेकी थिईन् । मैयादेवीले नै १५ धुर जग्गा दान गरेपछि चितवनको प्रेस युनियनको भवन बनाउने कार्य अघि बढेको थियो । कांग्रेस पार्टीका लागि मात्रै मैयादेवीले करिब ७ करोड बराबरको जग्गादान गरेको ‘मैयादेवी ट्रष्ट नेपाल’को तथ्याङ्गले देखाएको छ । मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दिएकी थिईन् ।

उनले जिवन भरी ४० जनाभन्दा बढीलाई जमिन दान दिएको उनका धर्मपुत्र टंकनाथ पौडेलले यसअघि नै बताएका थिए । यी जग्गाको मूल्य अहिले करोडमाथि पर्छ । मैयादेवी श्रेष्ठले ओम शान्ति मैयादेवि ट्रष्ट र मैयादेवी ट्रष्टका नाममा करोडाैंका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी थिईन् । नारायणघाट बजारको आफ्नै तीन तले घर पनि उनले ट्रष्टकाे नाममा पास गरेकी थिईन् ।

 

ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ । मैयादेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरिन् । ०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ । मैयादेवीले नारायणगढ बजारको बालकुमारी कन्या स्कूललाई पनि १० कठ्ठा जग्गा दिएकी छिन् । अविवाहित मैयादेवीका चार धर्मपुत्र छन् । उनले ती सबैलाई सम्पत्ति दान दिएकी छिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved