Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।

 

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, “चाडपर्वपछि सो सडकखण्डको स्थलगत निरीक्षण गरिने र त्यसपछि ठेक्का तोडिने या के गर्ने भन्नेबारे निर्णय गरिनेछ ।” सडक विभागले यसअघि गत असोज ९ गते सूचना जारी गरी काम सम्पन्न हुनुपर्ने समयमा एक चौथाइ पनि काम हुन नसकेको, कामको गति ज्यादै सुस्त देखिएको, भएको सडकमा खाल्डो खनी सवारी साधन आवागमन गर्न नसक्ने बनाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

काम सम्पन्न हुनुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्र काम भएको छ । सो आयोजनाको निर्माण अवधि गत साउन २२ गतेसम्म थियो । ४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । विभागले सूचनामार्फत सो कम्पनीलाई कात्तिक ५ गतेसम्मको समयसीमा तोकेको थियो । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने बताइएको छ । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १९ घण्टा अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १९ घण्टा अगाडि
trump_ZE7MLMMUU5-1024x543

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • १९ घण्टा अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved