Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विनयी त्रिवेणीमा ७० घर डुबानमा, २ सय हेक्टर धान बाली नष्ट

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

कावासोती : नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ को बगुवनमा नारायणी नदिमा आएको बाढीले ७० घर डुबानमा परेका छ्न ।

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सन्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिर बाट नारायणी नदिको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनिहरुलाई उद्दार गर्न नसकिएको अध्यक्ष गिरीले बताउनु भयो । “पशु चौपाया र घरका सामान सहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छ्न, उद्दारका लागि पुग्न सक्ने स्थित छैन,”अध्यक्ष गिरीले बताउनु भयो । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो बिस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको अध्यक्ष गिरी बताउनु हुन्छ । “मानिसहरु बाढिकै बिचमा छ्न जान सकिएको छैन बाढी कति बेला घटछ भन्ने छ हामी राम भरोसामा छौ” गिरीले बताउनु भयो ।

लगातार आएको बाढिले सोही क्षेत्रमा काटने बेलाको २ सय हेक्टर धान बाली समेत पुर्ण रुपमा क्षती भएको अध्यक्ष गिरीले बताउनु भयो । उहाँका अनुसार २ सय हेक्टरको पाकेको धान पुर्ण रुपमा नष्ट भएको छ ।

नारायणी नदिमा यस वर्षकै उच्च बाढि आएका कारण जिल्लाको नदि तटिय क्षेत्रको जनजीवन पुर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च ४ लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनु भयो । ८ बजे पछि पानीको बहाव स्थिर देखिएको उहाँले बताउनु भयो ।

नारायणीमा आएको बाढिका कारण बिहिबार गैंडाकोट नगरपालिका वडा नं २ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनी लगाएतका गाउँमा करिब ३ दर्जन बढी घरहरु डुबानमा परेका छ्न । डुबानमा परेकाहरुको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधि सहितको टोलि खटिएको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved