Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पोखरामा भेडा च्याङ्‍ग्राका बथान, कति पर्छ किलोको ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

१० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्‍ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्‍ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्‍ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’

 

दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेडा च्याङ्‍ग्रा​को हुलमुल भेटिन्छन् । पोखरामा च्याङ्‍ग्रा संस्कृति धेरै पुरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्याङ्‍ग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेडा च्याङ्‍ग्रा​को भाउ निकै महंगो छ ।

लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेडा च्याङ्‍ग्रा​को मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दसैंमा भेडा च्याङ्‍ग्रा​को माग बढी हुन्छ । बोहराले ल्याएको बथानमा रोज्जा च्याङ्‍ग्राको मुल्य ४५ हजार छ । यहाँबाट एउटै च्याङ्‍ग्राको मुल्य ५० हजारसम्म लिन्छन्, व्यवसायीले ।

मुस्ताङको कागबेनीदेखी च्याङ्‍ग्रा ल्याएर याम्दीमा बिक्रीका लागि राखेका हेम्जाका झपट बहादुर थापाले रोजेर र जोखेर दुवै हिसावले च्याङ्‍ग्रा बेचेका छन् । ‘रोजेर ३८ हजार देखि ४६ हजार मुल्य सम्मका छन् । जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उनले भने, ‘जसले पहिले ल्यायो, उसैको छिटो विक्रि हुन्छ । ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकें ।’

याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर विक्रि हुन्छन् । मुस्ताङबाट झारिएका भेडा च्याङ्‍ग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडा च्याङ्‍ग्रा ल्याइए पनि वर्षेनी हुने मुल्य बृद्धिका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।

बझाङबाट करिब २ सय ५० भेडा च्याङ्‍ग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मुल्य बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार प¥यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न प¥यो । पालिकालाई कर तिर्न प¥यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङ्‍ग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मुल्य पर्छ । दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडा च्याङ्‍ग्रा किन्न नसक्नेहरु खसी बोकामै रमाउँछन् । दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved