Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

८ औं वार्षिक साधारण सभाको अवसरमा अमर ज्योति सामुदायिक वनले दुना टपरी उद्योग संचालन गर्याे

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली,

अमर ज्योति सामुदायिक वन उपभोक्ता समूहको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार अमर ज्योति सामुदायिक वनको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रूचालको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमख आतिथ्यता रहेको थियो । साधारण सभाको अवसरमा दुना टपरी उद्योगको उद्घाटन समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले सामुदायिक वनले बिशेषगरि महिलाहरूको आयआर्जनका निम्ति गरेको कार्यको उच्च सम्मान गर्दै वनले पर्यटकीय क्षेत्रमा नगरपालिकालाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभएको थियो । उहाँले वन संरक्षण सँगै पर्यटन प्रबर्द्धनमा अघि बढ्न अनुरोध गर्दै देवचुली नगरपालिकाले समेत सहयोग गर्ने बताउनुभयो । लेखा संयोजक रिपु बहादुर अधिकारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्पूर्ण वडाध्यक्षको तर्फबाट देवचुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री ९राम०, उपभोक्ताको तर्फबाट खगेन्द्र घले, सामुदायिक वनको तर्फबाट घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराई, फरेस्ट एक्सन नेपालका कमल भण्डारी, सब डिभिजन वन कार्यालय देवचुली–बुलिङ्टारका प्रमुख ज्योति प्रसाद कोइराला, सामुदायिक वन स्थानीय महासंघका अध्यक्ष कमल प्रसाद बाचे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ठ, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, पूर्व कार्यसमितिका पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रूचालले चालु आर्थिक बर्ष ०७८र०७९ मा गरेको हरेक गतिविधि प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियोे । उहाँले वनले आगामी दिनमा वन र वस्ति बिचको सिमाङ्कन गरि तारवार गर्ने, गरिब न्युनिकरण अन्तर्गत दिगो कार्यक्रमहरू संचालनमा ल्याउने, वन जंगलका पात पतिङ्गरहरू संकलन गरि कम्पोष्ट मल उत्पादन गर्ने, कारखाना, व्यापार व्यवसाय, पर्यटन उद्योग आदिमा ठूलो आवश्यक घर टहरा बनाउने लगायतको काम गर्ने बताउनुभयो ।
कार्यक्रममा अमर ज्योति सामुदायिक वनका उपभोक्ता, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थामा आबद्ध पदाधिकारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । अमर ज्योति सामुदायिक वनका उपाध्यक्ष झम बहादुर माकिमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकण वनका सचिव कान्त पण्डितले गर्नुभएको थियो ।

देवचुली वडा नं १, २, ४, र ५ मा रहेको अमर ज्योति सामुदायिक वन उपभोक्ता समूहले आइ।डि।आर।सि क्यानडाको आर्थिक सहयोगमा फरेस्ट एक्सन नेपाल, हिमावन्ती नेपाल, पारिवारिक निजी वन उधमबाट महिलाहरूको आर्थिक सशक्तीकरणका लागि दुना टपरी उद्योग समेत स्थापना गरिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • ८ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • ८ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • ८ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved