Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा पाण्डेय

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशनबाट अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय चयन भएका छन् । भदौ ३० र ३१ गते पोखरामा सम्पन्न महाधिवेशनबाट पाण्डेयको अध्यक्षतामा दुई वर्षका लागि ४१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

 

वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादब तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित भएका छन् ।
महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले राष्ट्रिय बाणिज्य बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तीय संस्था भएको बताउँदै, संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम हुने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पेसागत महासंघ नेपालका संयोजक बाबुराम थापा, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु) का राष्ट्रिय अध्यक्ष धर्मराज मैनाली, पेसागत महासंघ नेपालका सल्लाहकार संयोजक पुण्य ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा.बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव उभार पाण्डे, कषि विकास बैंक कर्मचारी संघका अध्यक्ष लिला जि.सी., पूर्व अध्यक्ष हेमराज सुवेदी लगायत पेसागत क्षेत्रका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै, महाधिवेशनले आगामी दिनका लागि नीति तथा पेसागत क्षेत्रका जल्दाबल्दा विषय सहितका प्रस्ताबहरु समेत पारित गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १६ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १६ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १६ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved