Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘बह्मास्त्र’ बन्यो पहिलो सप्ताहन्त सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ले बलिउडलाई उद्धार गर्ने स्पष्ट संकेत देखिएको छ ।

फिल्मको हिन्दी संस्करणले मात्र पहिलो सप्ताहन्त ११० करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन ३२ करोड, दोस्रो दिन ३७ करोड र तेस्रो दिनमा ४१ करोड नेट कलेक्सन छ ।

 

फिल्मले भारतभर पहिलो सप्ताहन्त १२५ करोड ग्रस कमाएको छ । शुक्रबार ३७ करोड, शनिबार ४२ करोड र आइतबार ४५ करोड नेट छ । दक्षिण भारतमा मात्र पहिलो सप्ताहन्त १५ करोड कमाइ छ ।

‘ब्रह्मास्त्र’ अहिलेसम्मकै उच्च सप्ताहन्त ओपनिङ गर्ने पहिलो हिन्दी फिल्म समेत बनेको छ । ‘सञ्जु’ले १२० करोड, ‘टाइगर जिन्दा है’ले ११४.९३ करोड, सुल्तानले १०५.५५ करोड र दंगलले १०४.५३ करोडको सप्ताहन्त ओपनिङ गरिसकेका छन् ।

 

तर कन्नड फिल्म केजीएफ च्याप्टर २ ले पहिलो सप्ताहन्त १४३.६४ करोड ओपनिङ गरेको थियो । ‘ब्रह्मास्त्र’ले पहिलो सप्ताहन्त विश्वभर २२५ करोड भारु कमाएको छ ।

कमजोर समीक्षा र फिल्म बहिष्कारको अभियानले पनि ‘ब्रह्मास्त्र’को कमाइलाई रोक्न सकेन । नेपालमा फिल्मले सुरुवाती दुई दिनमा २ करोड कमाएपछि आइतबारदेखि भने व्यापारमा गिरावट आएको छ ।

वितरण स्रोतका अनुसार नेपालमा ‘ब्रह्मास्त्र’ले विकडेज सुरु भएपछि ४० प्रतिशत अकुपेन्सीमा प्रदर्शन गरिरहेको छ । विकेन्डमा उछाल कमाइ गरे पनि आइतबारदेखि भने व्यापारमा गिरावट छ ।

बलिउड फिल्म उद्योग मात्र होइन, अभिनेता रणवीर कपुरलाई पनि ‘ब्रह्मास्त्र’ले ठूलै राहत दिएको छ । यस वर्ष करण जोहरको धर्मा प्रोडक्सनका दुई फिल्म सय करोड क्लबमा प्रवेश गरे, जसमा सूर्यवंशी र ब्रह्मास्त्र छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved