हुम गैरे गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समयमा कलाकारितामा कम राजनीतिमा बढी सक्रिय देखिन्छन्। हुमले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन्। पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार को लागि सिफारिस भएका हुन् ।





नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा राष्टिय जन साँस्कृतिक माहासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेका गैरे विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् ।

आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेर सिफारिस गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभए पनि निरन्तर पाल्पाको सुख र दुःखमा संगै रही जनता कै सेवामा लाग्ने हुमले बताए। करिब ६ सय जती गीतहरुमा शब्द संगीत भरेका गैरेले करिब १०० गीतमा आवाज दिएका छन् भने हरेक चुनावमा एमालेको पक्षमा जनमत सिर्जना गर्न गीतहरु निकाल्ने गर्दछन् ।








