Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नवलपुर एकमा राप्रपाबाट बिक्रम पाण्डेको एकल नाम सिफारिस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा) ले नवलपुर क्षेत्र नं १ बाट विक्रम पाण्डेको एकल नाम सिफारिस गरेको छ । शनिबार राप्रपा नवलपुर पदाधिकारीहरु बीचको बैठकले आउँदो निर्वाचनका लागि प्रतिनिधि सभा १ बाट विक्रम पाण्डे र २ बाट विष्णु प्रसाद अधिकारीको नाम सिफारिस गरेको छ ।

यसैगरि प्रत्यक्ष तर्फ प्रदेश सभा १ “क” मा सन्तोष थापा, १ “ख” बाट निलकण्ठ काफ्ले, केशव चौलागाई, शेरबहादुर केसीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा २ को “क”बाट प्रत्यक्ष तर्फ लाल प्रसाद बराल, २ “ख” को प्रत्यक्ष तर्फ भोजबहादुर थापा, खुमराज राना र कृष्ण प्रसाद तिवारीको नाम सिफारिस गरेको हो ।

त्यसैगरि प्रतिनिधि सभा क्षेत्र नं १ समानुपातिक तर्फ निलकण्ठ काफ्ले, प्रा.डा. मोहनीलाल भुसाल, छत्रराज बगाले, चन्द्रदत्त जैसी र महिलातर्फ विन्दु अधिकारी पहाडी र सिता बस्यालको नाम सिफारिस भएको हो । प्रतिनिधी सभा क्षेत्र नं २ समानुपातिक तर्फ नुन बहादुर आले, दल बहादुर केसी, शालिकराम उपाध्याय र ठाकुर प्रसाद रेग्मीको नाम सिफारिस भएको राप्रपा श्रोतले जनाएको छ ।

यस अघि चितवनमा प्रचण्ड सँग निर्वाचन लडने बताईरहेका पाण्डेको नाम नवलपुरबाट समेत सिफारिस भएको हो । नवलपुर क्षेत्र नं १ बाट कांग्रेसबाट डा. शशांक कोइरालाले नै चुनाव लडने पक्कापक्की रहेको छ ।

एमाले र राप्रपा बिच चुनावी तालमेल हुने कुरा चलिरहेको अवस्थामा पाण्डेको सिफारिसलाई नवलपुरमा अर्थ पुर्ण रुपमा हेरिएको छ । एमालेका केन्द्रिय सदस्य समेत रहेका तिलक महत नवलपुर क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन । यो अवस्था राप्रपालाई क्षेत्र नं १ दिएर क्षेत्र नं २ एमालेले राख्ने सम्भावना रहेको राप्रपा स्रोतले बतायो ।

अघिल्लो पटक पनि नवलपुर एक बाट प्रत्यक्षमा सिफारिस भएका पाण्डे सिफारिसमा परे पनि निर्वाचन भने चितवनबाट नै लडेका थिए । यसपटक पनि त्यही क्षेत्रबाट सिफारिस भएका पाण्डेलाई एमालेले सहजै छाडने अवस्था भने छैन ।

एमालेबाट नवलपुर एकबाट केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी सहित नारायण प्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ । यो क्षेत्रमा एमाले नेता कृष्ण पौडेलकोबलियो दाबी रहेको र टिकट उनैले पाउने एमाले नेताहरु बताउछ्न ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved