Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।

 

सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो ।

निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल प्रदर्शनको १० दिनपछि फिल्म अष्ट्रेलियामा रिलिज हुनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धीरज मगर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय छ ।

यो फिल्मबाट अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजले नायकको रुपमा डेब्यू गरेका छन् । फिल्ममा उनी भारतीय नागरिककै भूमिकामा छन् ।

फिल्मको निर्मातामा पुष्पलतासँगै गणेश बुढाथोकी हुन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेल स्वयंको सम्पादन छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १३ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १३ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved