Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कठिन समयमा बोर्ड छिरेका भुवन केसी, सुरुमै अलमल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । दाबेदारको रस्साकस्सीबीच चलचित्र विकास बोर्ड अध्यक्ष बनेका भुवन केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

तर झन्डै दुई महिना लाग्दा पनि भुवनले कार्यकालमा आफूले गर्ने स्पष्ट खाका र योजना ल्याउन सकेका छैनन् । उनी स्वयंले घोषणा गरेको चर्चित गोलमेच कार्यक्रम पनि अहिलेसम्म हुन सकेको छैन । बरु उनी दुई महिना हुनै लाग्दा पनि कम्पासबिनाको जहाजजस्तै अन्योलग्रस्त देखिएका छन् ।

 

डेढ महिनाको चित्र हेर्दा अध्यक्षको रुपमा भुवन अझै लय समाउन सकेका छैनन् । कार्यकारी अध्यक्षको रुपमा बोर्डको नेतृत्व सम्हालेका उनले अझै प्रशासनिक कामकुरा सिक्दैछन् । स्पष्ट शब्दमा भन्नुपर्दा भुवनको डेढ महिना अनुत्पादक कामकाजमै व्यतित भएको देखिन्छ ।

यसबीचमा टीभी कार्यक्रमको छायांकन, सम्मान समारोह, फिल्मको प्रिमियर, बधाई खाने कार्यक्रम, आफूविरुद्ध अदालतमा पेश भएको रिटको काममा उनको समय खर्चिएको छ । टीभी रियालिटी शो सुपर डान्सर नेपालको छायांकनमा त उनले सातामा दुई दिन बिताउँछन् । उनलाई नजिकबाट नियालिरहेकाहरु पनि कठिन समयमा अध्यक्षमा चुनिएका भुवनको डेढ महिने कार्यकाल अनुत्पादक भएको बताउँछन् ।

 

‘बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै भुवनजीको दुई वर्षे कार्यकालको डेढ महिना अनुत्पादक रुपमा सकिएको छ,’ भुवन निकट स्रोत भन्छ, ‘उहाँ साना-साना काममा अलमलिनु भएको छ । उहाँले समय खेर फाल्दा, फिल्म उद्योगको समय खेर जान्छ ।’

अदालतमा भुवनविरुद्ध मुद्दा विचाराधीन भएकाले उनले अध्यक्षको रुपमा ठूला निर्णय गर्न नसक्ने कतिपय बताउँछन् ।

अर्कोतर्फ, अध्यक्षमा नियुक्त भएपछि विदेशी फिल्मप्रतिको रवैयामा परिवर्तन आएको देखिएको छ । अध्यक्ष हुनुपूर्वअघि विदेशी फिल्मप्रति आक्रामक सुनिएका उनले गत साता बोर्डमार्फत विज्ञप्ति निकाल्दै कुनै फिल्मलाई रोक लगाउने निर्णय नभएको सन्देश प्रवाह गरेका थिए । उनको यो अभिव्यक्ति प्रेमगीत ३ को हिन्दी संस्करणलाई रोक लगाइने हल्लाको खण्डनप्रति लक्षित थियो ।

साथै, एक कार्यक्रममा उनले विदेशी फिल्मलाई रोक लगाउने बोर्डको कार्यक्षेत्र नभएको आशय प्रवाह गरेका थिए । यी दुई स्टेटमेन्टले भुवनको विदेशी फिल्मप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई पुष्टि गर्छन् । साथै, विदेशी फिल्मलाई कोटा प्रणाली लगाउनुपर्छ भन्ने भुवन विदेशी फिल्मप्रति पूरै लचिलो देखिएका छन् ।

अन्योल र ढिलासुस्तीबाट भुवन कहिले लयमा फर्किएलान् भन्ने कुरालाई लिएर अहिले फिल्म वृत्तमा उनलाई चासोपूर्वक हेरिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved