Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महजोडीको फिल्म ‘महापुरुष’ अमेरिकामा नियमित शोमै प्रदर्शन हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । भाइटीकाको भोलिपल्ट विश्वव्यापी रिलिज हुन लागेको फिल्मले अमेरिकामा पनि हलमै प्रदर्शनको मौका पाएको छ । कात्तिक ११ गते महजोडी स्टारर फिल्मलाई नियमित शोमा अमेरिकामा हेर्न पाइने भएको हो ।

प्रदीप भट्टराई निर्देशित फिल्म अमेरिकासहित अस्ट्रेलिया, बेलायत, जापान, युरोप, दक्षिण कोरिया र मध्यपूर्वका देशमा प्रदर्शन हुँदैछ ।

 

निर्माता रविन्द्रसिंह बानियाँले अमेरिका र अस्ट्रेलियाको प्रदर्शनका लागि नियमित शोको व्यवस्था गरिएको बताए । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महंगो मूल्यमा खरिद गरेका छन् ।

प्रायः नेपाली फिल्मलाई विदेशमा कुनै पर्व र अवसरमा मात्र प्रदर्शन गर्ने चलन छ । तर यो प्रवृत्तिलाई तोड्दै ‘महापुरुष’लाई नियमित शोमै देखाइन लागिएको जनाइएको छ ।

 

निर्देशक भट्टराईका अघिल्ला फिल्मले दर्शकलाई निराश नबनाएकाले अस्ट्रेलियामा ‘महापुरुष’को राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए ।

अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले भट्टराई र निर्माता बानियाँको अघिल्ला फिल्मले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए ।

नियमित शोमा फिल्म देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बताए । ‘जसरी फिल्म सिनेमा देखाउने शैली कम्युनिटी हलबाट सिनेमा हलमै पुग्यो । अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै सिनेमा देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले अन्य विदेशी सिनेमा झैं आफ्नो अनुकूल समयमा हेर्न पाउनुहुनेछ,’ बानियाँले भने ।

अमेरिकामा नेपाल रिलिजकै दिन ३० शोको हारहारीमा फिल्म प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्री भएको हो ।

सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री हुन् भने बानियाँ कार्यकारी निर्माता हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved