कावासोति । निशा भण्डारी


नवलपुर युवा मञ्च कावासोतिको आयोजनामा ” प्रथम नवलपुर खेलकुद महोत्सव” हुने भएको छ ।



आउँदो असोज २ गते देखी १६ गते सम्म महोत्सवको आयोजना हुने आज पत्रकार सम्मेलन मारर्फत जानकारी गराईएको हो । नवलपुर युवा मञ्च कावासोतिका अध्यक्ष मंगल लामाले महोत्सवका बारे जानकारी गराउनु भएको हो । महोत्सवमा फुटबल,भलिबल,म्याराथन दौड ,स्लो बाईक र स्लो साईकल रेस,घैटो फुटाई,गु्रप रसी तनाई र बाँसको लिङ्गा चढाई गरि ८ वटा खेलहरु संचालन गरिने अध्यक्ष लामाले बताउनु भयो ।


महोत्सवमा खेलकुद संगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु,बाल उद्यान तथा मनोरञ्जनका सामाग्रीहरु, विविन्न किसिमका व्यापारीक स्टलहरु पनि रहे जनाईएको छ । जहाँ २० जना स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु आउने छन् । कार्यक्रममा टिकट शुल्क १०० तोकीयको छ । विद्यार्थीहरुका लागी ५० कायम गरिएको छ भने जेष्ठ नागरिक र १० वर्ष मुनिका बालबालीकाहरुलाई निशुल्क गर्ने बताईएको छ ।अध्यक्ष लामाका अनुसार महोत्सवमा अनुमानीत खर्च रकम १५ लाख र आम्दानि भने २० लाख आंकलन गरेको बताउनु भयो । प्रतियोगिताको दर्ता समय भदौ २४ गते बेलुका ६ बजेसम्म रहने छ भने छनोट खेल भदौ २५ गते हुने आयोजकले जनाएको छ ।
त्यस्तै फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख प्रमाणपत्र,ट्रफि मेडल, द्वितीयलाई १ लाख प्रमाणपत्र,ट्रफि मेडल,एक खेलको मेन अफ द म्याच प्रत्येक दिन १ हजार,उत्कृष्ट खेलाडि ८ हजार प्रमाणपत्र र मेडल, उत्कृष्ट गोल किपर र उत्कृष्ट गोल कर्तालाई ५।५ हजार प्रमाणपत्र र मेडल, प्रदान गर्ने छ भने प्रबेश शुल्क १० हजार रहेको छ ।
भलिबल प्रतियोगिता तर्फ प्रथम हुनेलाई नगद ७० हजार प्रमाणपत्र,ट्रफि मेडल, द्वितीयलाई ४० हजार,प्रमाणपत्र,ट्रफि मेडल, तृतियलाई नगद २० हजार, प्रमाणपत्र,ट्रफि मेडल, उत्कृष्ट खेलाडिलाइै ५ हजार रहेको छ भने यसको प्रबेश शुल्क ५ हजार रहेको छ ।
पुरुष खुल्ला म्याराथन दौड १० कि.मि.मा, प्रथम हुनेलाई नगद १० हजार प्रमाणपत्र,ट्रफि मेडल, द्वितीयलाई ५ हजार,प्रमाणपत्र,ट्रफि मेडल, तृतियलाई नगद ३ हजार,प्रमाणपत्र, मेडल र अन्य ७ जनालाई १।१ हजार प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने प्रबेश शुल्क २ सय रहेको छ

महिला खुल्ला म्याराथन दौड ५ कि.मि मा प्रथम हुनेलाई नगद ५ हजार प्रमाणपत्र,ट्रफि मेडल, द्वितीयलाई ३ हजार,प्रमाणपत्र,ट्रफि मेडल, तृतियलाई नगद २ हजार,प्रमाणपत्र, मेडल र अन्य ७ जनालाई ५।५ सय प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने प्रबेश शुल्क १ सय रहेको छ ।
स्लो बाईक रेस प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजार प्रमाणपत्र, मेडल, द्वितीयलाई ४ हजार,प्रमाणपत्र, मेडल, तृतियलाई नगद २ हजार,प्रमाणपत्र, मेडल र चौथो र पाचौँलाई १।१ हजार प्रदान गरिने छ । भने प्रबेश शुल्क २सय ५० रहेको छ ।
स्लो साईकल रेस प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार प्रमाणपत्र, द्वितीयलाई ३ हजार,प्रमाणपत्र, तृतियलाई नगद १ हजार,प्रमाणपत्र, र चौथो र पाचौँलाई ५।५ सय प्रदान गर्ने छ भने प्रबेश शुल्क १सय ५० रहेको छ ।
गु्रप रसी तनाई प्रतियोगितामा प्रथम हुनेलाई नगद ६ हजार प्रमाणपत्र, द्वितीयलाई ४ हजार,प्रमाणपत्र, तृतियलाई नगद २ हजार,प्रमाणपत्र, प्रदान गर्ने छ भने प्रबेश शुल्क ३ सय रहेको छ । त्यस्तै घैटो फुटाई प्रतियोगिता तर्फ प्रबेश शुल्क ५० रहेको छ भने पुरस्कार स्वरुप ५ सय रहेको छ । बाँसको लिङ्गा चढाई प्रतियोगितामा भने पुरस्कार स्वरुप कुखुराको भाले रहेको छ । यसमा प्रबेश शुल्क ५० रुपौयाँ रहेको छ ।
नवलपुर युवा मञ्च कावासोतिको खुख्य आयोजनामा सो महोत्सव हुने भएको हो । सह आयोजनामा नवज्योति युवा क्लप,कावासोती,भानु युथ एकेडेमी कावासोती र मोर्डन युथ क्लप दुम्किबास संगै दलित मुक्ति अभियान नवलपुर,आदिवासी जनजाति एकता मञ्च सहआयोक रहेका छन् ।








