Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

तीन दिनसम्म शौचालयमा थुनिइन् महिला, त्यसपछि…

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

५४ वर्षकी एक थाई महिला दुर्घटनावश घरको शौचालयमा थुनिइन् । सहायताका लागि ढोकामा हानिन् कसैले सुनेनन् । उनको रुवाई, चित्कारको आवाज पनि कसैको कानमा परेन । थाकिन् र शौचालयभित्रै मृत्युको प्रतीक्षा गरिन् ।

 

एक्लै बस्नुका पक्कै पनि थुप्रै फाइदा छन् विशेषगरी ती व्यक्तिका लागि जो आफ्नो गोपनियतामा रमाउँछन् । तर यसका बेफाइदा पनि छन्, यसको पछिल्लो उदाहरण यी महिला नै बनेकी छिन् । बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन । उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिन्छिन् भन्ने उनले सपनामा पनि सोचेकी थिइनन् । उनले ढोका बन्द गर्ने बित्तिकै बिग्रिएको ढोकाले उनको शौचालयलाई जेलमा परिणत गरिदियो । उनले त्यतिबेला मोबाइल फोनसमेत लगेकी थिइनन्, खानेकुरा र पानीको त कुरै नगरौँ । थुनिएको थाहा पाएपछि उनले ढोकामा बेस्सरी हानिन्, चिच्याइन् तर उनलाई बचाउन कोही पनि आएनन्…

उनले आफ्ना छिमेकी र बटुवाको ध्यान खिच्ने प्रयास धेरै नै गरिन् तर कसैले पनि उनको रोदन सुनेनन् त्यसैले उनले धाराको पानीमा बाँच्नु पर्यो । दुई दिनपछि उनी असाध्यै थाकिन् र मृत्यु निश्चित देखेपछि क्रिमले शौचालयको भित्तामा अन्तिम मेसेज लेखिन् ।

तर उनी भाग्यमानी थिइन् । उनकी बहिनीले उनलाई धेरैपटक फोन गरिसकेकी थिइन् । तर फोन नउठेपछि उनी आत्तिइन् र उनी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् । ती महिलाको खोजीमा टोली गठन गरियो । सबैभन्दा पहिला टोली उनको घरमा गए । गेटमा कसैले केही प्रतिक्रिया नदिएपछि उनीहरुले फलामको गेट चढेर घरभित्र जाने निर्णय गरे ।

टोली महिलाको घरभित्र पुगे र शौचालयको ढोका फोडे । प्रहरीले ती महिलालाई निकै कमजोर अवस्थामा फेला परे । उनले तीन दिनसम्म केही खाएकी थिइनन्, त्यसैले पनि उनी कमजोर हुनु स्वभाविक थियो । उनलाई नजिकैको अस्पताल लगियो । त्यसपछि प्रहरीले शौचलयको भित्तामा लेखिएका मेसेजको फोटो खिचे, जसमा लेखिएको थियो –

‘म अगस्ट २२ देखि शौचलयमा थुनिएकी छु । यदि म मरेँ भने मेरो इच्छाको ख्याल राख्न जे लेकलाई दिनु । टुकको सम्पत्ति तुवा टुन टुमलाई दिनु । मैले बाँच्न धाराको पानी खाएँ । पानी नखाएको भए म मरिसक्थेँ । मैले ढोका फोड्न खोजेँ, म चिच्याएँ तर मलाई कसैले पनि सुनेनन् ।’

ती महिलाको स्वास्थ्य अवस्था हाल राम्रो छ र छिट्टै नै पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved