Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै मिल्दैन : गगन थापा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने धारणा राखे ।

 

स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु भएको भन्दै उनले यो पनि सामाजिक स्वास्थ्य सुरक्षाको एउटा विषय भएको बताए ।

‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस (सबैसम्म पहुँच) हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेट (स्वास्थ्य बीमामा निजी क्षेत्र) लाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो’ उनले भने ।

 

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । महामन्त्री थापाले सरकारले स्वास्थ्य प्रणालीको सुधारलाई अस्पताल निर्माणसँग मात्र जोडेको टिप्पणी गरे ।

‘हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौं भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने हामीले थेग्नै सक्दैनौं’ थापाले भने, ‘सरकारले खाली कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ । त्यसबाट बाहिर निस्किनुपर्छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved