Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

हिमाली क्षेत्रका विद्यालयमा आइतबार बिदा असम्भव !

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

५ जेठ, काठमाडौं । सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय हिमाली भेगका विद्यालयमा लागु गर्न सम्भव नहुने शिक्षक तथा कर्मचारीहरुले बताएका छन् ।

मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले पुस र माघ महिनामा विद्यालय बन्द हुने गर्छ । त्यसैले यी क्षेत्रका विद्यालयमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भई मंसिरमा सकिने गर्छ ।

 

तर कोरोना महामारीका कारण पठनपाठनमा असर परेकाले शैक्षिक सत्र २०७७ देखि सबैतिर एउटै समयमा शैक्षिक सत्र अन्त्य र सुरु गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको थियो ।

पुस र माघ दुई महिना विद्यालय बन्द हुने र त्यसमा पनि हरेक आइतबार बिदा थप्दा पढाइ हुने दिन घट्ने डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानु गुरुङ बताउँछन् ।

‘हाम्रोमा पुस र माघमा विद्यालय खोल्न सकिने अवस्था हुँदैन । आइतबार पनि बिदा दिंदा कार्यघण्टा पूरा हुँदैन त्यसैले लागु गर्न सम्भव छैन,’ उनले भने । अहिले पालिकाले निर्णय गरिनसकेको, तर बिदा नदिने गरी नै निर्णय हुने उनको भनाइ छ ।

सरकारले कार्यघण्टा पूरा नभएको अवस्थामा पालिकाले अनुकूलतामा विद्यालय खोल्न सक्ने अधिकार दिएकाले त्यही अधिकारमा रहेर निर्णय हुने उनले बताए । स्थानीय तहको निर्वाचनको कारण निर्णय गर्न ढिलाइ भएको र अब तत्काल सम्बन्धित सरोकारवालाको बैठक बसेर निर्णय गर्ने बताए ।

यता मुस्ताङको थसाङ गाउँपालिकामा पनि आइतबार बिदा दिंदा कार्यघण्टा पूरा नहुने भएकाले बैठक बसेर निर्णय गर्ने पालिकाका शिक्षा प्रमुख नरेन्द्रबहादुर क्षेत्रीले बताए । निर्वाचनमा खटिनुपरेकाले निर्णय गर्न ढिलाइ भएको र अब बैठक बसेर सबैको सुझाव अनुसार निर्णय गर्ने बताए ।

धादिङको नीलकण्ठ नगरपालिकामा पनि विद्यालयहरुले कार्यघण्टा पूरा गर्न गाह्रो हुने गुनासो गरिरहेको पालिकाको शिक्षा शाखा स्रोत व्यक्ति मेघनाथ कोइरालाले बताए । ‘सरकारले गरेको निर्णय अनुसार विद्यालय बिदा दिंदा कार्यभार पुर्‍याउन गाह्रो हुन्छ भन्ने आइरहेको छ । तर अहिले जनप्रतिनिधि पनि नभएकोले सरकारको निर्णयलाई नै कार्यन्वयन गरौं । बाँकी जनप्रतिनिधि आएपछि सबै बसेर उचित निर्णय गरौंला भनेका छौं,’ उनले भने ।

विद्यालयहरुले भने जस्तै समस्या हुने भयो भने सरकारले पालिकालाई दिएको अधिकार उपयोग गर्दै बिदा कटाउने गरी निर्णय हुनसक्ने उनले बताए ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घण्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

Lemon casino

  • ५ घण्टा अगाडि

Vivaro Казино

  • ५ घण्टा अगाडि

Winwinbet

  • ५ घण्टा अगाडि

strendus casino

  • ५ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved