Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पीएनजीमाथि नेपालको रोमाञ्चक जित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

 

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलोको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनायो । पीएनजीका लागि नोरमान भानुवाले ५२ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । उनलाई करण केसीले आउट गरे । करणले नै सिमोन आटेलाई आउट गराए । यसअघि पीएनजीले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो ।

टोनी उरा ५ रन बनाएर आउट भए । उनलाई करण केसीले क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा पीएनजीले दोस्रो विकेट गुमायो । पीएनजीका लेगा सिकालाई २१ रनमा सोमपाल कामीले क्याच आउट गराए ।पीएनजीले छैटौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । पीएनजीका कार्लेस अमिनीलाई अबिनास बोहोराले २२ रनमा बोल्ड आउट गराए । पीएनजीका असाड भाला नवौं ओभरको अन्तिम बलमा ७ रन बनाएर पेवेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराए ।

सन्दीपले नेपाललाई ११औं ओभरको अन्तिम बलमा पाँचौं सफलता दिलाए । उनले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गराए । पीएनजीले १२औं ओभरको तेस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका रिले हेकुरेलाई अबिनासले ३ रनमा क्याच आउट गराए । १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो सातौं विकेट गुमायो । पीएनजीका जोसन किलालाई सन्दीप लामिछानेले खाता खोल्न नपाउँदै एलबीडब्लू आउट गराए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् । १२औं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका आसिफ शेख ४३ रन बनाएर आउट भए । उनलाई अलेइ नोले क्याच आउट गराए । १३औं ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३४ रन बनाएर आउट भए । उनलाई काड सोपरले क्याच आउट गराए ।

१४औं ओभरको पहिलो बलमा नेपालले आफ्नो चौथो विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउ भए । उनलाई कार्लेश अमिनीले क्याच आउट गराए । १५औं ओभरको तेस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका कुशल मल्ल ११ रन बनाएर बोल्ड आउट भए । उनलाई रिले हेकुरेले बोल्ड गराएका हुन् । १६औं ओभरको दोस्रो बलमा नेपालले छैटौं विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् । १७औं ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।त्यसपछि नेपालले १९औं ओभरको अन्तिम बलमा आफ्नो आठौं विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ४ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved