Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दीपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २७९ लक्ष्य

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ । दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ । नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन बनाए भने रोहित पौडेलले ३५ र भिम शार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले लेट केमियो खेल्दै अविजित २४ रन बनाए ।

कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै रोएल डक आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ । पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् । यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । नाओले नै अनिललाई विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए ।

पावर प्लेमा नेपालले २ विकेट गुमाएर ३१ रन बनाएको थियो । दुवै ओपनर आउट भएपछि देव खनाल र दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि कीर्तिमानी शतकिय साझेदारी गरे ।

यी दुईले २८.१ ओभर सँगै खेल्दै १२९ रनको साझेदारी गरे । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी गरे । यसअघि शुक्रबार पीएनजी विरुद्धकै खेलमा रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।

देव र दीपेन्द्र दुवैले अर्धशतक बनाएपछि नेपालको रन गति बढेको थियो । अघिल्लो खेलमा पीएनजी विरुद्ध डेब्यु गरेका देव खनालले दोस्रो खेलमा आएर पहिलो अर्धशतक बनाएका हुन् । उनले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

त्यसपछि दीपेन्द्रले रोहित पौडेलसँग चौथो विकेटका लागि अर्धशतकिय साझेदारी गरे । चौथो विकेटका लागि दीपेन्द्रसँग ५८ रनको साझेदारी गरेपछि रोहित ४०औं ओभरमा आउट भए । रोहितलाई चाड सपरले बोल्ड गरे । अघिल्लो खेलका शतकधारी रोहितले ३६ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन जोडे ।

त्यसपछि दीपेन्द्रले पाँचौ विकेटका लागि भिम शार्कीसँग ५५ रनको साझेदारी गरे ।

४७औं ओभरमा शतक पूरा गरेका दीपेन्द्र अर्को ओभरमा आउट भए । उनले १४० बल खेल्दै ७ चौका मद्दतमा १०५ रन बनाए । ४८औं ओभरमा नेपालले दीपेन्द्रसहित तीन विकेट गुमायो ।

दीपेन्द्रलाई चाड सोपरबाट क्याचआउट गराएका पीएनजीका नोर्मन भानुअले अर्को बलमा भिम शार्कीलाई बोल्ड गर्दै लगातार दुई विकेट लिए । भिमले १९ बल खेल्दै १ चौका र १ छक्कामा २६ रन जोडे । त्यही ओभरको अन्तिम बलमा भानुअले ४ रन बनाएका आरिफ शेखलाई रनआउट गरे ।

नेपालको विकेट जाने क्रम रोकिएन । ४९औं ओभरको पहिलो बलमा पवन सर्राफ खाता नखोली आउट भए । उनलाई नाओले विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए ।

नेपालले ७ बलको अन्तरमा ४ विकेट गुमाएको थियो ।

त्यसपछि कप्तान सन्दीपले लेट केमियो खेले । उनले ९ बल खेल्दै २ चौका र १ छक्का सहित अविजित २४ रन बनाए । अन्तिम ओभरको तेस्रो बलमा पीएनजीका फिल्डरले सन्दीपको क्याच ड्रप गरेका थिए ।

सन्दीपले अन्तिम ओभरको सबै ६ बल खेल्दै १६ रन जोडेका थिए ।

बलिङमा पीएनजीका लागि अलेइ नाओले ३, नोर्मन भानुअले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ४ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved