Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नारायणी किनारमा एमाले महाधिवेशनको चटारो : रातभर यसरी हुँदैछ काम

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नारायणगढस्थित नारायणी नदी किनारको लमतन्न मैदान । जहाँ एमालेको १० औँ महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च निर्माण गर्ने चटारो छ । रातोपाटी टीम बुधबार राति १० बजे नारायणी किनारमा भइरहेको मञ्च निर्माणस्थल पुग्दा ४० जना हाराहारीमा कालिगडहरू धमाधम स्टेज निर्माण खटिएका देखिन्थे । कोही होर्डिङ बोर्ड मिलाउन व्यस्त थिए त कोही सजावटमा खटिएका थिए । यस्तै महाधिवेशनमा प्रदर्शनका लागि विभिन्न सजावट पनि बनाइँदै थियो । यहीबीचमा ठेकेदार राजकुमार पटेर कालिगडलाई छिटो काम सक्नुपर्ने बाध्यता रहेको भन्दै भटाभट काम गर्न निर्देशन दिइरहेका थिए । उनी भन्दै थिए–कुनै पनि हालतमा बिहीबार बेलुकासम्म काम सक्नुपर्छ । पटेलका अनुसार मुख्य स्टेज निर्माणका लागि गत मङ्सिर ५ गतेदेखि दैनिक ४० जना कालिगड खटिएका छन् । बुधबार बेलुकासम्म ७० प्रतिशत स्टेज निर्माणको काम सम्पन्न भएको र बाँकी भोलि बेलुकासम्म सकिसक्ने उनको भनाइ छ ।

स्टेज बनाउन ९० लाख खर्च

पटेलका अनुसार मुख्य स्टेजसहित सौराहा बन्दसत्र सञ्चालन हुने हलसमेत निर्माणमा करिब ९० लाख खर्च आउने देखिएको छ । उनले यसमा अझै केही रकम घटबढ हुन सक्ने रातोपाटीलाई बताए । स्टेज डेकोर सर्भिसका सञ्चालक पटेलले मञ्च निर्माणको काम आफ्नो कम्पनीले पाएको र यसबाहेकपनि लाइटिङलगायतको अन्य सजावटको काम पनि छुट्टै हुने बताए । यसका लागि लाखौँ खर्च हुने अनुमान छ ।

स्टेज निर्माणमा स्टेज डेकोर सर्भिसका कालिगडबाहेक नेकपा एमालेका स्वयंसेवक दस्ता पनि खटिएका छन् । एमालेको ट्रेड युनियन महासंघ जिफन्टका पूर्वउपाध्यक्ष तथा स्वयम् समितिका सदस्य जितेन्द्र श्रेष्ठका अनुसार मञ्च निर्माणलगायत व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको बताए । उनले त्यसका लागि रातभर ३०० को हाराहारीमा स्वयंसेवक समेत खटिएको बताए । उनले मञ्चलाई भव्य बनाउन साउन्ड सिस्टम, लोगो बिहीबार राखेपछि तयारी लगभग अन्तिम चरणमा पुग्ने रातोपाटीलाई बताए । उनका अनुसार तीन तहमा अतिथि बस्नेगरि मञ्च निर्माण गरिएको छ । जसमा मुख्य मञ्चको दायाँ र बायाँ केन्द्रीय सदस्यहरू, बीचमा स्थायी समितिसहित शीर्ष नेताका साथै विदेशी अतिथि समेत बस्ने गरी व्यवस्था मिलाइएको छ ।

कार्यक्रमस्थल क्षमता ५ देखि ७ लाख

उद्घाटन सत्रका लागि छनौट भएको कार्यक्रमस्थल विशाल रहेको छ । जहाँ ५ देखि ७ लाख सहभागी अटाउने आयोजकको दाबी छ । उसो त नेकपा एमालेले महाधिवेशनको उद्घाटनका लागि देशभरबाट कार्यकर्ता उतार्ने तयारी गरेको छ भने सो पार्टीले ५ लाखको सहभागिता हुने दाबी गरेको छ । त्यसका लागि देशभरबाट कार्यकर्ता चितवनमा उतार्दैछ ।

मञ्चलाई सुरक्षाकर्मीको पहरा

मञ्च निर्माणको काम सुरु भएसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीले २४ सै घण्टा सुरक्षा प्रदान गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी झण्डै दुई दर्जन सुरक्षाकर्मी मञ्च निर्माणस्थलमा खटिएका छन् ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ११ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ११ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved