देवचुली ,


मंसिर १० देखि १२ गते सम्म चितवनको नारायणी नदी किनारमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन केन्द्रीत गरेर नेकपा एमाले देवचुली नगर कमिटीले प्रचारप्रसारलाई तिब्रता दिएको छ ।



सोहि अनुरुप नगर कमिटीले अाज ( बुधबार ) बाइक र्यालीको आयोजना गरेको छ। र्याली अाज लोकाहा खोला देखि झरे खोलामा सम्म पुगी फारम आएर कोण सभामा परिणत हुने नगरकमिटी अध्यक्ष कृष्ण बहादुर केसीले बताए ।

अध्यक्ष केसीका अनुसार एमालेको राष्ट्रिय महाधिवेशनमा देवचुली नगरपालिकाबाट मात्र करिब १५ हजार १ सय जनाको जनसहभागीता गराउन प्रचारप्रसारलाई तिब्रता दिएको छ।
उनका अनुसार देवचुलीबाट पार्टी महाधिवेशनमा ३० वटा बस सहित साना ठुला सवारीहरुमा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरु सहभागी हुनेछन् ।








