Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

जाडोमा उपयोगी उपकरण, हिटरदेखि इलेक्ट्रिक धारासम्म

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

जाडो महिना शुरु भएसँगै इलेक्ट्रिक होम एप्लाइसेन्सको चर्चा बढेको छ । पानी तताउने थर्मल मगदेखि वासिङ मेसिन, माइक्रोवेभ, इण्डक्सन चुलो तथा हिटरको खपत जाडो महिनामा अत्यधिक हुने गर्छ ।

होम एप्लाइन्स बिक्री गर्ने शोरुम तथा अनलाइन स्टोरहरूले जाडो महिनामा ग्राहकको लागि विभिन्न अफर समेत ल्याउने गर्छन् । अहिले राजधानीमा शोरुमसँगै दराज, हाम्रोकिचेन, ठूलोडटकम, इलेक्ट्रोमाण्डु लगायत अनलाइन सपिङ स्टोरले जाडोका इलेक्ट्रिक सामान बिक्री गरिरहेका छन् ।

शोरुमहरूमध्ये बानेश्वर, कोटेश्वर, न्युरोड, महाबौद्ध, चाबहिल तथा दरबारमार्गका पसल जाडोका इलेक्ट्रोनिक सामानहरूले भरिभराउ छन् । एलजी, सिजी, बाल्ट्रा, विरपोल, इलेक्ट्रोन, फिलिप्स, सामसुङ लगायत कम्पनीका इलेक्ट्रिक सामानले बजार भरिएको देखिन्छ ।

काठमाडौंको बिजुलीबजारमा रहेको एवान इलेक्ट्रिक शोरुमका सरोज गिरीका अनुसार तिहारपछि जाडोयाम होम अप्लाइन्सको व्यापार हुने मुख्य समय हो । ‘जाडोका लागि इलेक्ट्रिक सामान खपत हुने समय तिहारपछि नै हो,’ गिरीले भने, ‘कतिले अझै जाडो बढेपछि खरिद गरेपनि धेरैले दशैं–तिहारको अफरमै यस्ता सामान किन्ने गर्छन् ।’

अनलाइन स्टोरहरू बढेपनि शोरुमा ग्राहकको चापमा कमी नभएको उनले बताए । ग्राहकले महंगा इलेक्ट्रिक सामान किन्दा आफैं छानेर किन्न मन पराउने उनको अनुभव छ ।

यहाँ राजधानीका केही शोरुमको भ्रमण गरी जाडोमा खपत हुने प्रमुख इलेक्ट्रिक सामानहरूको चर्चा गरिएको छ ।

१. हिटर

जाडो महिनामा हिटरको माग अत्यधिक हुने गर्छ । घरायसीदेखि कार्यालयमा प्रयोगको लागि हिटरको उपयोग गरिन्छ । यो सामान्य इलेक्ट्रिक पसलदेखि ठूला शोरुमहरूमा बढी बिक्री हुने सामानमा पर्छ ।

नेपाली बजारमा सीजी, बाल्ट्रा, ब्ल्याक एन्ड डिकर, डिभीटेक, इलेक्ट्रोन कम्पनीका हिटर बढी चल्तीमा छन् । इलेक्ट्रिक हिटर २ हजारदेखि २५ हजार रूपैयाँसम्म पाइन्छ । ‘ग्यास हिटर’को मूल्य भने आठ हजारदेखि तीस हजारसम्म छ ।

 

२. वासिङ मेसिन

बिक्रेताहरूका अनुसार पछिल्ला वर्षहरूमा जाडो महिनामा सबैभन्दा बढी खपत हुने इलेक्ट्रोनिक सामानमा वासिङ मेसिन पर्छ । अनलाइन स्टोरमा पनि वासिङ मेसिनकै बिक्री बढी भइरहेको छ ।

नेपाली बजारमा एलजी, आईएफभी, सिजी, वाल्टन, विरपोल, गोडरेग, सामसुङजस्ता कम्पनीका वासिङ मेसिन चल्तीमा छन् । सात किलोग्रामदेखि बीस किलोग्राम क्षमताका वासिङ मेसिन बजारमा पाइन्छन् । यसको मूल्य ३५ हजारदेखि ५ लाख रूपैयाँसम्म पर्छ ।

३. इण्डक्सन चुलो

हिटरसँगै इण्डक्सन चुलोको पनि माग बढिरहेको नयाँबानेश्वरस्थित एवान सोरुमका सरोज गिरी बताउँछन् । उनका अनुसार ग्यासको सट्टा विद्युतबाट चल्ने चुलोको माग नेपाली बजारमा धेरै छ । भान्सामा बाहेक कार्यालयमा चिया पकाउन तथा खानेकुरा तताउन समेत यसको प्रयोग हुन्छ ।

नेपाली बजारमा इलेक्ट्रोन, किन्डा, फिलिप्स, बाल्ट्राका इण्डक्सन चुलो चल्तीमा छन् । इण्डक्सन चुलोको मूल्य ३ हजार रूपैयाँदेखि १५ हजारसम्म पर्छ ।

४. डिस वासर (भाँडा माझ्ने मेसिन)

मेसिनले भाँडा माझ्ने कुरा नेपालको लागि नौलो भएपनि अहिले डिस वासरको खपत बढिरहेको छ ।

नेपाली बजारमा सिजी, आईएफभी, एलजी, एलेक्ट्रोन कम्पनीका डिस वासरहरू चल्तीमा रहेका छन् । जाडो महिनामा तातो पानी तथा गर्मीमा चिसो पानीले भाँडा माझ्न सकिने डिस वासरको मूल्य ८० हजारदेखि तीन लाख रूपैयाँसम्म पर्छ । यसमा साइजअनुसार मूल्य फरक पर्छ ।

५. थर्मल जग/हट मग

पानी तताउन भान्सामा प्रयोग हुने थर्मल जग तथा हट मग बजारका सानादेखि ठूला पसल सबैतिर पाइन्छ । बाल्ट्रा, इलेक्ट्रोन, फिलिप्सका पानी तताउने जग वा भाँडा दुई लिटरदेखि दश लिटरसम्मको पाइन्छ । यसको मूल्य पाँच सयदेखि पाँच हजारसम्म पर्छ ।

६. माइक्रोवेभ

माइक्रोवेभ रेष्टुराँ तथा कार्यालयहरूमा बढी प्रयोग हुने गर्छ । अचेल घरको भान्सामा पनि यसको प्रयोग बढेको छ । फुजिक्स, यासुदा, सिजी, सामसुङ ब्राण्डका माइक्रोवेभ अहिले चल्तीमा छन् । जसको मूल्य १५ हजारदेखि ५० हजार रुपैयाँसम्म पर्छ ।

७. इलेक्ट्रिक धारा

जाडोका लागि धारामै पानी तताउने इलेक्ट्रिक धारा पनि बजारमा आएको छ । एउटा सानो मेसिन धारामा जोडेपछि केही सेकेण्डमै तातो पानी आउँछ । भान्साको बेसिनको धारामा जोडेर प्रयोग गर्न मिल्ने यो ‘इलेक्ट्रिक ट्याप हिटर’को मूल्य ३ हजारदेखि ५ हजार रुपैयाँ पर्छ ।

८. एसी/फ्यान हिटर

तातो–चिसो दुवै हावा फाल्ने एयर कण्डिसनको माग पनि जाडो र गर्मी दुवै मौसममा हुन्छ । सामान्यतः कार्यालयमा भित्ता वा सिलिङमा झुण्डाउने एसी चल्तीमा भएपनि अचेल टेबलमा राख्न मिल्ने फ्यान हिटर पनि बजारमा पाइन्छ । भित्तामा लगाउने एसीको लागि फिट गर्ने टेक्निसियन चाहिएपनि फ्यान हिटर वा टेबल एसीको लागि यस्ता प्राविधिक आवश्यक पर्दैन ।

युवे, फिलिप्स, इलेक्ट्रोन ब्राण्डका फ्यान हिटर नेपाली बजारमा चल्तीमा छन् । जसको मूल्य दुई हजारदेखि दश हजार रुपैयाँ पर्छ । ‘रुम एयर कण्डिसनर’को भने ५० हजारदेखि दुई लाखसम्म पर्छ ।

प्रस्तुति : निर्भीकजंग रायमाझी

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १६ घण्टा अगाडि

Chicken road

  • १६ घण्टा अगाडि

momang casino

  • १६ घण्टा अगाडि

sun of egypt 2

  • १६ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved