Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ : राष्ट्रपति पौडेल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ मिनेट अगाडि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योग धन्दाको प्रवर्द्धनमा सरकार–निजी क्षेत्र साझेदारी हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपति पौडेलले आर्थिक समुद्धिबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने भएकाले जनताले चाहेको विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले भने, ‘मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन मार्गप्रशस्त भएको छ, झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने आर्थिक विकासका योजना कार्यान्वयनलगायत राष्ट्रनिर्माणको गहन दायित्व भएको वर्तमान सरकारले निजी क्षेत्रको साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जनअपेक्षा छ ।’

राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना हुने भएकाले स्वदेशमा नै कामको अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता औँल्याए ।

‘आजका युवा देशका भविष्य हुन्, उनीहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकेमा देशलाई समृद्धिको मार्गमा दोहोर्याउन सहज हुन्छ,’ राष्ट्रपति पौडेलले भने । साथै उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

‘आजको प्रतिस्पर्धात्मक युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णय आवश्यक छन्, डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो’, राष्ट्रपति पौडेलले भने ।

निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा लिनुपर्ने बताए । मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सराहना गरे ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सरकारबीच समन्वय नहुँदा अपेक्षाकृत अर्थतन्त्रको विकास हुन नसकेको बताउँदै सुधारका धेरै क्षेत्र रहेको बताए । उनले देशको अर्थतन्त्र उकास्न सरकारसँग निरन्तर सहयोग एवं समन्वय गर्दै आएको बताए । सरकार तथा निजी क्षेत्रबीच चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उनको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गरी युवालाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्ने बताए । विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै उनले देशमा अब राजनीतिक स्थायित्व कायम भएकाले औद्योगिक विकास हुने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • २ मिनेट अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • ४ मिनेट अगाडि
pahad-and-ramnam-satyals-fe-f-1775626040-1024x576

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’...

  • १ दिन अगाडि
kpoli-pakrau-1-17746606352026-03-28-08-16-40

रिहा भएपछि ओलीले भने– सरकारले पूर्वाग्रह राखेर...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved