Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शनको तयारी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ दिन अगाडि

नयाँ वर्ष २०८३ साललाई लक्षित गर्दै २ नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएको छ । दुवै चलचित्रका निर्माताले नयाँ वर्षको अवसर पारेर नेपालसँगै विदेशमा चलचित्र प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका छन् । आगामी २७ चैतदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको अभिनेता विराज भट्टले बताए । अभिनेता भट्टले चलचित्रको आकर्षणका रुपमा द्वन्द्व, गीतसंगीत भए तापनि पटकथाले नै दर्शकलाई खुसी बनाउन सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले द्वन्द्वका दृश्य वा चल्ने गीत राखेर चलचित्रलाई दर्शकले रुचाउँछन् भन्ने सोच्नु गलत हो ।चलचित्र सफल हुनुमा यसको विषयवस्तु र त्यसका लागि तयार गरिएको पटकथा महŒवपूर्ण हुन्छ । हामीले हेर्ने द्वन्द्वका दृश्य कथासँग जोडिएका हुनुपर्छ, अनि दर्शकले ‘कनेक्ट’ भएको महसुस गर्छन् ।’ चलचित्र ‘राम नाम सत्य’ मार्फत नयाँ अनुहार आयुष सिंह ठकुरी र खुसी कार्कीले अभिनय यात्रा सुरु गर्दै छन् । उक्त चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनील थापा, सुधिर श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । नृत्य निर्देशकको रूपमा चिनिएका माइकल चन्दको निर्देशनमा चलचित्र तयार भएको छ ।

सामाजिक संदेशसँगै पूर्ण मनोरञ्जक बनाउने कोशिसका साथ चलचित्रमा आफूले काम गरेको निर्देशक चन्दले जानकारी दिए । ‘म नेपाली चलचित्रको नियमित दर्शक हुँ, दर्शकको ताली र गालीलाई मैले चलचित्र भवनमा देखेको छु । त्यसकारण मैले सामाजिक सन्देशसँगै मनोरञ्जन दिने सम्पूर्ण तŒवलाई चलचित्रमा समावेश गरेको छु । यसले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्छ,’ निर्देशक चन्दले भने ।

उक्त चलचित्रका लागि आफूले विगत ५ वर्षदेखि कथा, पटकथामा काम गरेर तयारी गरिरहेको उनले जानकारी दिए । उक्त चलचित्रमा मानकृष्ण महर्जनले छायांकन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, बन्दे प्रसादले सम्पादन, सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । यसैगरी निर्देशक तुलसी घिमिरे निर्देशन गरेको आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘पहाड’ युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर तयार गरिएको छ । उनले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताए । निर्देशक घिमिरेले भने, ‘पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइँ सरेका छन् ।

हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।’ निर्देशक घिमिरेले दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारको रूपमा पुग्ने विश्वास व्यक्त गरे । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएकोे ‘पहाड’ मा बिपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याएका छन् ।अभिनेत्री पञ्चमीले आफूभन्दा अग्रजसँग काम गर्न पाउँदा अनुभवसँगै चुनौती महसुस गरेको बताइन् । ‘मेरा लागि यो एउटा अवसर थियो र सँगै चुनौती पनि । मभन्दा सबै अग्रज र स्थापित कलाकार हुनहुन्छ, उहाँहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाएकी छु । मैले आफ्नो भूमिकालाई जीवन्त बनाउन सक्दो मिहिनेत गरेकी छु,’ उनले भनिन् । चलचित्रमा प्रमोद प्रधानले छायांकन, रञ्जितसिंह गजमेरले संगीत निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेले दृश्य सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
2-mantri

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री...

  • ३ घण्टा अगाडि

नेपाली चलचित्रका लागि २०८२ : दर्शक, व्यापार...

  • ३ घण्टा अगाडि
ramchandra-paudel

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक...

  • ३ घण्टा अगाडि
kpoli-pakrau-1-17746606352026-03-28-08-16-40

रिहा भएपछि ओलीले भने– सरकारले पूर्वाग्रह राखेर...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved