काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । आज उपसभामुखका लागि मनोनयन भइरहेको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटी रहेका छन् ।


उपसभामुख पदमा राप्रपाकी सरस्वति लामाले पनि उम्मेदवारी दिएकी छन् । राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीका अनुसार रास्वपा सभापति रवि लामिछानेले राप्रपा सांसदलाई उपसभामुखमा समर्थन गर्ने बताएको दाबी गरेका थिए ।



संघीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ । उपसभामुखको निर्वाचन भोलि शुक्रबार दिनको चार बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुने छ ।









