काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।


आज चाँदीको भाउले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५३ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५१ सय ९५ रुपैयाँमा पिकनबेच भएको थियो ।











