Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नाक सर्जरीपछि फिल्मबाट निकालिएकी प्रियंका

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ हप्ता अगाडि

मुम्बई । बलिउडमा सुन्दरतालाई अझ निर्खान कलाकारहरूले सर्जरीको सहारा लिने गरेको उदाहरण नयाँ होइनन् । अभिनेताका तुलनामा अभिनेत्रीहरू सुन्दर देखिनका लागि कैयौँ किसिमका सर्जरी गर्न माहिर छन् । शिल्पा शेट्टीदेखि श्रुति हासनसम्मका सेलिब्रेटीले कैयौँ सर्जरी गराएका छन् । उनीहरूले समय–समयमा यो कुरालाई स्वीकार्दै पनि आएका छन् ।

यो सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि पर्छिन् । उनले करियरको सुरुआतमा नाकको सर्जरी गराएकी थिइन् । तर त्यो सर्जरी खराब बन्यो, जसकारण उनले कैयौँ फिल्म गुमाइन् । प्रियंकाले जुन समयमा नाकको सर्जरी गराएकी थिइन्, त्यसपछि उनको अनुहारमा अनौठो परिवर्तन देखियो । सर्जरी खराब भएपछि उनी डिप्रेसनमा गइन् । उनले एक अन्तर्वार्तामा करियरको त्यो समयको कुराकानी गरेकी थिइन्, जुन समयमा उनको करियर खराब भएको थियाे ।

प्रियंकाले केही समयअघि हावर्ड स्टर्नको रेडियो शोमा आफ्नो नाकको सर्जरीको बारेमा कुराकानी गरेकी थिइन् । उनले नाकमा रहेको मासुलाई हटाउनका लागि सर्जरी गराएको खुलाएकी थिइन् । ‘त्यो काम गरेपछि मेरो नाकको आकार बदलियो । जसकारण कैयौँ फिल्मबाट निकालिनु पनि प¥यो । त्यसपछि म डिप्रेसनमा गएँ र सबै कुरा छोडेर बरेलीमा फर्किने योजना बनाएको थिएँ’, उनले भनेकी छन् ।

प्रियंकाले यो सर्जरीपछि आफ्नो करियरमा ठुलो खराब असर परेको खुलाइन् । ‘कैयौँ निर्माताले मसँग काम गर्न मानेनन् । मलाई ३ वटा फिल्मबाट निकाले । म डिप्रेसनमा परेपछि बुबा पनि चिन्तित हुनुभयो । म पछि बुबाले करेक्टिव सर्जरी गराउनुभयो । बुबाले सर्जरी गराउनु भएपछि मेरो आत्मविश्वास फर्कियो’, प्रियंका भन्छिन् ।

प्रियंका लामो समयपछि फिल्म ‘वाराणसी’मार्फत बलिउडमा कमब्याक गर्दै छिन् । यो फिल्मका निर्माता तथा निर्देशक एसएस राजामौली हुन् । फिल्ममा महेश बाबुको पनि अभिनय छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
ramchandra-poudel

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन आह्वान

  • २ घण्टा अगाडि
images

झापा–५ मा ओलीविरुद्ध चुनाव लड्दै बालेन

  • २ घण्टा अगाडि
gold1

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक

  • २ घण्टा अगाडि
viral_gorkhe1

‘भाइरल गोर्खे’ बारे सौगात-सृष्टि : यो फिल्म...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved