Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

प्राकृतिक विधिबाट उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘उच्च रक्तचापको अवस्था हेरेर औषधि खाने वा जीवनशैली परिवर्तन गरेर यसलाई नियन्त्रण गर्ने भन्ने कुरा निर्धारण हुन्छ । यद्यपि औषधि सेवन गरेपछि स्वस्थ जीवनशैली भने अपनाउनैपर्छ ।’

उनका अनुसार यसको लागि सबैभन्दा पहिले उच्च रक्तचाप के कारणले भएको छ पत्ता लगाउनु पर्छ । जस्तो अन्य विभिन्न रोगहरुका कारणले रक्तचाप भएको छ भने सम्बन्धित स्वास्थ्य समस्या निको भएपछि यो पनि स्वतः निको हुन्छ । रक्तचापको यस्तो कारण १० प्रतिशत जति हुन्छ ।

बाँकी रहेको ९० प्रतिशत रक्तचापको कारण हाम्रो खराब व्यवहार र चलनचल्तीका कारण हुन सक्छ । जस्तो, धेरै चिन्ता लिने, धुम्रपान गर्ने, नुन धेरै खाने मोटोपना जस्ता कारणले उच्च रक्तचाप बढेको हुन्छ । यसरी बढेको रक्तचाप शुरु भइसकेपछि नियमित औषधि खाएर मात्रै नियन्त्रणमा ल्याउनुपर्छ जीवनशैली सुधारेर यसलाई निर्मूल पार्न सकिन्न ।

त्यसो त औषधि सेवन गर्नैपर्ने भएपनि जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । अतः हामीले प्राकृतिक विधीबाट पनि उच्च रक्तचाप कम गर्न सक्छौं । साथै उच्च रक्तचापको जोखिमबाट आफुलाई मुक्त राख्न सक्छौं । यसका लागि केही यस्ता न्युनतम सर्त छ, जसलाई पालना गर्नैपर्छ ।

नुनको मात्रा कम

हाम्रो खानामा नुनको मात्रा बढी हुन्छ । तरकारी, अचार, दाल आदिको माध्यामबाट हामी नुन सेवन गरिरहेका हुन्छौं । यसको मात्रा घटाउनुपर्छ । नुनको मात्रा घटाउने एउटा गजब काइदा भनेको खानामा सलाद एवं उसिनेको सागसब्जी समावेश गर्नु हो । साथै अन्य नुनिलो अमिलो खानेकुरा, जंकफुड सेवन गर्नुभन्दा फलफूल सेवन गर्नु उपयुक्त हुन्छ ।

प्रशोधित खानेकुरा निषेध गरौं

अहिले हामीसँग खानेकुराका अनेक विकल्प छन्, त्यसमा प्रशोधित खानेकुरा अत्याधिक छ । प्याकेटबन्द वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन् ।

सन्तुलित भोजन

उच्च रक्तचाप नियन्त्रण गर्नका लागि खानपानमा सतर्कता अपनाउनै पर्छ । यस्तो अवस्थामा सन्तुलित खानेकुरा आवश्यक हुन्छ । साथै सुपाच्य पनि । दिनभर खाइने खानामा ति सबै पोषक तत्व सामेल भएको होस्, जो शरीरलाई आवश्यक छ ।

फलफूल र सागसब्जीलाई आफ्नो खानामा सामेल गर्नुपर्छ । मासु, दुधजन्य परिकार आदिको मात्रा कम गरौ । सलाद, हरियो सागपान, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदिलाई दिनभरको खानपानमा समावेश गरौं ।

चिनीजन्य, धेरै तेल भएको खानेकुरा सेवन नगरौं । रातो मासुको बदलामा कुखुरा वा माछा सेवन ठिक हुन्छ ।

खानामा फाइबरको मात्रा बढाउनुपर्छ । फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन । तर, यसले तपाईंको पाचन यन्त्रलाई चुस्त बनाउँछ । तपाईंलाई स्वास्थ्य राख्न मद्दत गर्छ । सागसब्जी खासगरी हरियो पत्तेदार सब्जीमा फाइबर हुन्छ । फलफूल, नट्स आदिमा पनि भरपुर फाइबर पाइन्छ ।

 

धेरैजसोको खानामा ओमेगा थ्रि फ्याटी एसिड (फिश आयल)को मात्रा कम हुन्छ । यसको आपूर्तिका लागि माछा सेवन गर्नुपर्छ । यद्यपी माछा तारेर होइन, उसिनेर सेवन गर्नु प्रभावकारी हुन्छ ।

त्यसो त ओमेगा थ्रि फ्याटी एसिडका लागि फिस आयल ट्याब्लेट पनि पाइन्छ । यद्यपी यस किसिमको ट्याब्लेट सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटाशियमको मात्रा पनि बढाउनुपर्छ । धेरै मात्रामा पोटाशियम चाहि हानिकारक हुनसक्छ । त्यसैले सन्तुलित मात्रामा पोटाशियम लिनुपर्छ । गालभेडा, केरा, सिमी, प्याज, सुन्तला आदिमा पोटाशियम पाइन्छ ।

चिकित्सकको परामर्श

कतिपय घरेलु औषधी जो हाम्रो भान्सामा पाइन्छ, त्यसले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यदि त्यस्ता औषधीको सेवन गर्ने हो भने चिकित्सकको परामर्शमा कसरी र कति मात्रामा खाने भन्ने कुराको टुंगो गर्नुपर्छ । जस्तो लसुन, बेसार, अदुवा आदिमा म्याग्नेसियम र क्रोमियम हुन्छ । यदि यी तत्वको आवश्यक भए चिकित्सकको परामर्शमा सेवन गर्न सकिन्छ ।

योग–ध्यान–प्राणायम

तनाव कम गर्नु गाह्रो लाग्नसक्छ । किनभने तनाव लिन नचाहेर पनि हामीलाई तनाव भइरहेकै हुन्छ । तनाव नियन्त्रण गर्नु भनेको तनाव व्यवस्थापन गर्नु हो । तनाव हरेकलाई हुन्छ तर त्यसलाई कसरी लिने ? यो मूख्य कुरा हो । हामी दैनिक व्यवहारमा अनेक कारणले तनावमा पर्छौं, तर तनाव लिनु कुनै समस्याको समधान होइन । तनाव लिएर कुनै समस्या हल हुँदैन । त्यसो भए किन तनाव लिने ?

कुनैपनि कुरालाई अलि सहज र सरल ढंगले ग्रहण गर्दा पनि तनाव कम हुन्छ । काम गरेको बेला रमाइलो गरौं ।

शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधी छन्, त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ ।

प्राणायम, ध्यान यस्तो विधी हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्छ । यस किसिमको अभ्यासले मनलाई शान्त तुल्याउँछ । प्रफुल्ल बनाउँछ ।

लामो सास लिने र छाड्ने प्रक्रिया पनि तनाव व्यवस्थापनको राम्रो उपाय हो । त्यस्तै नियमित रुपमा व्यायाम गर्ने गरौं । जथाभावी व्यायाम गर्नु चाहि ठिक हुन्न । बरु विहान एक घण्टा छिटो–छिटो पैदल हिँड्ने बानी गरौं ।

के नगर्ने ?

चुरोटको सेवनले उच्च रक्तचाप ह्वात्तै बढाउँछ । यसमा रहेको निकोटिनले उत्तेजक बनाउँछ ।

कफी, सोडा जस्ता पेय पनि उच्च रक्तचाप बढाउने कारण हुन् । किनभने यसमा क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले स्नायु प्रणालीलाई उत्तेजित बनाउँछ ।

चुरोट जस्तै मदिराजन्य पेयले पनि उच्च रक्तचाप बढाउँछ । उच्च रक्तचाप नियन्त्रणका लागि मदिरा छाड्नैपर्छ ।

तौल नियन्त्रण

शरीरको उचाई अनुसार तौल निर्धाण हुन्छ । यदि त्यस अनुरुप तौल बढी छ भने नियन्त्रण गर्नैपर्छ । अतिरिक्त तौलले पनि उच्च रक्तचाप बढाउन सघाउँछ । खानपानमा परिवर्तन गरेर वा शारीरिक श्रम गरेर तौल नियन्त्रण गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १८ घण्टा अगाडि

Chicken road

  • १८ घण्टा अगाडि

momang casino

  • १८ घण्टा अगाडि

sun of egypt 2

  • १८ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved