साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।


कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।



यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ३६ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख १५ हजार ९ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३०८६.५० रुपैयाँ कायम भएको छ ।










